arrow

श्वासको मोल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
sant-kabir.jpg

काठमाडौं । शिकार खेल्न गएका एक राजाले बाटो बिर्सिए । धेरै समयको खोजी पछि जङ्गलमा उनले एक दाउरेको झुपडी देखे । राजा त्यो झुपडीमा गएर बास मागे । दाउरेले आफ्नो झुपडीमा राजालाई आश्रय दिए, खाना-पानी पनि दिए।

राजाले भने, 'आजदेखि तिमी मेरो मित्र भयौ, तिमीले सङ्कटको बेलामा मेरो धेरै मद्दत गर्‍यौ। यदि कुनै चीज जरुरत पर्‍यो भने तिमी निःसङ्कोच मेरोमा आउनु।'

केही दिनपछि दाउरे राजाको दरबारमा गए अनि प्रार्थना गरे, 'महाराज! म एकदमै गरिब छु तब राजाले मन्त्रीलाई भने, यिनी मेरा मित्र हुन्, मेरो मित्रलाई एउटा सबैभन्दा राम्रो जङ्गल भेटमा देऊ।'

मन्त्रीले दाउरेलाई एउटा एकदमै बहुमूल्य चन्दनको जङ्गल दिए। अब दाउरेले चन्दनको रूखहरू काटेर कोइला बनाउँदै बेच्न थाले अनि त्यसबाट आफ्नो जीवन गुजार्न थाले । एक दिन राजाले सोचे, 'अब त मेरो मित्र दाउरे ठूलो धनी भए होला, उनलाई भेट्न जानुपर्‍यो ।'

राजा जब वहाँ पुगे, तब उनको मित्र गरी बको गरिबै देखेछन्। राजाले सोधे, 'मित्र तिमीले चन्दनको रुखको के गर्छौ?'

दाउरेले भन्छन्, 'म चन्दनको रुखहरू काटेर कोइला बनाउँदै बेच्ने गर्छु, यसरी नै मेरो गुजारा चलिरहेको छ।'

तब राजाले सोच्छन्, ' मित्र दाउरेले चन्दनको जङ्गलको महत्त्व जान्दैन रहेछ, यस कारण उनले साधारण दाउरा ठानेका छन्, चन्दन के हो उनलाई ज्ञान छैन ।' तब राजाले उसलाई चन्दनको एउटा सानो टुक्रा दिएर भन्छन्, 'यसलाई बजारमा लगेर बेचेर आऊ।'

दाउरेले भन्छन्, ' महाराज! कोइला त बजारमा बिक्दैन, यो साना काठका टुक्रा के बिक्ला ?' राजाले भन्छन् ,'तिमी मेरो मित्र हौ, म जे भन्छु उसै गर, तब तिमीलाई यो काठको मोल थाहा लाग्नेछ ।'

दाउरे त्यो चन्दनको टुक्रा लगेर बजारमा गए, त्यसबाट चन्दनको सुगन्ध आइरहेको थियो। बजारमा सबैले उनकोमा चन्दनको काठ छ भनेर थाहा पाए। जब उनले थैलीबाट चन्दन निकालेर देखाए, तब पसलेहरूले त्यसको म यति दिन्छु, म उति दिन्छु भनेर दाम लगाउन थाले । तब दाउरेको बुझे चन्दन कुनै साधारण काठ होइन रहेछ, नजान्नुको कारण मैले चन्दनको मूल्य बुझेको थिइन् ।'  

आज हाम्रो पनि उस्तै स्थिति छ हामीले आफ्नो अनमोल श्वासलाई कोइला बनाइरहेका छौ, यो श्वासहरूको महत्त्वलाई हामीले जानेका छैनौ।  पुष्कर, राजस्थानका एक सन्त ब्रह्मानन्दले आफ्नो मार्मिक भजनमा भनेका छन् ।

 निरञ्जन माला घट में फिरे दिन रात ।।
 ऊपर आये नीचे जाये श्वास-श्वास चल जात।

यो श्वासको माला सबैभित्र दिन-रात निरन्तर चलिरहेको छ। खाना पाइएन भने पनि हामी जीवित रहने छौं, पानी मिलेन भने पनि जीवित रहने छौं, तर स्वास मिलेन भने हामी एक छिन पनि जीवित रहन सक्तैनौं । हाम्रो अस्तित्व समाप्त हुन्छ, तर निकै दुःखको कुरा हामी यो श्वासको मूल्यलाई सम्झँदैनौ।

गुरु नानकदेवले भनेका छन्-
श्वास श्वास सुमरो गोबिंद, मन अंदर की उत्तरे चिंद ।

हामीभित्र श्वासको जुन माला छ, हाम्रो धर्मशास्त्रमा प्रत्येक व्यक्तिले चौबीस घण्टामा एक्काइस हजार छ सय (२१६००) पटक श्वास लिन्छौँ भनेको छ। त्यसको आधा गर्दा दश हजार आठ सय  (१०८००) शेष रहन्छ, त्यसबाट पछाडिको दुई वटा शून्य निकालिदियो भने केवल १०८ शेष रहन्छ; बाहिरको मालामा पनि १०८ दाना हुन्छन् । त्यो पनि भित्रको प्राणको मालाको प्रतीक हो। यो प्राण माला हामीलाई सौभाग्यले मिलेको छ, यस कारण यसको मूल्य हामीले बुझ्नुपर्छ। यो एकदमै सुनौला मौका हामीलाई मिलेको छ ।

 यही कारण कबीरदास जीले भनेका छन्-
माला फेरत युग गया, गया न मन का फेर।
कर का मनका डार दे, मन का मनका फेर।।

हे मानव तिमीले मनको माला जप। हातको माला जप्दा-जप्दा धेरै समय बितेर गयो, तर मनको चञ्चलता दूर भएन, यसर्थ अब हातको माला छोडेर मनको माला जप ।

तर त्यो मनको माला के हो? के कुनै शब्दकोशमा मनको माला के हो लेखेको छ?  भनिएको छ- 'मन की माला फेरत। तुरत मिला दूं तोय।' जब तत्त्वज्ञानी गुरुबाट मनको मालालाई जानेर जप्नेछौ, तब प्रभुको दर्शन तत्काल हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ