arrow

दश वर्षे विकास योजना बनाउनु पर्ने – युवा नेता गगन

logo
प्रकाशित २०७३ असार १९ आइतबार
gagan-thapa.jpeg.jpeg
क्यालिफोर्निया । अमेरिकामा रहेका नेपालीको सबैभन्दा पुरानो संस्था एएनएको जर्जिया राज्यको एटलान्टामा भएको ३३औँ अधिवेशनमा सञ्चालित फोरममा नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले तराईको समस्या र भारतीय नाकाबन्दी पृथक् विषय भएको बताउँदै नाकाबन्दी अन्यायपूर्ण कार्य भएको धारणा राखे । 
 
नेता थापाले देश विकासका लागि १० वर्ष पछि के गर्ने भनी अहिलेदेखि नै हामीले योजना बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले प्रवासमा रहेका नेपाली चाहे अमेरिका, युरोप, अस्ट्रेलिया जहाँ भए पनि सबैलाई देश विकासका लागि साझेदार बनाउँदै लैजानुपर्ने विचार राखे ।  
 
सोही फोरममा आफ्नो मन्तव्य राख्ने क्रममा अर्का युवा नेता तथा सांसद रवीन्द्र अधिकारीले एकपटक भोट हालेर चुप लागि बस्नेभन्दा सदैव जागरुक नागरिक आजको आवश्यकता छ भन्दै देश विकासको अभियानमा सबैलाई जागरुक हुन अनुरोध गरे । 
 
युवा नेता अधिकारीले नेपालको विकासका लागि योजनाबद्ध विकास बनाएर देश विदेशमा भएका सबैलाई विकासको अभियानमा समाहित पार्दै लैजानुपर्ने आजको आवश्यकता रहेको बताए । 
 
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले नेपालमा भूकम्प गएको समयमा नेपालीले पु¥याएको सहयोगको स्मरण गराउँदै सहयोग गर्न सकिने अन्य क्षेत्रको समेत पहिचान गरी अघि बढ्नुपर्ने बताए । 
 
आजबाट सुरु भएको तीनदिने सम्मेलनमा विभिन्न फोरम र खेलकुद कार्यक्रमसमेत समावेश भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ