arrow

युरो कप फुटबलको सेमिफाइनल समीकरण बन्दै, अन्तिम क्वार्टरफाइनलमा फ्रान्स–आइसल्याण्ड भिड्दै

logo
प्रकाशित २०७३ असार १९ आइतबार
france.jpg.jpeg
फ्रान्स । फ्रान्समा जारी युरोकप फुटबलको सेमिफाइनल समीकरण भोलि बिहान पूरा हुँदैछ । राति हुने अन्तिम क्वार्टरफाइनलमा आयोजक फ्रान्स र आइसल्याण्ड भिड्दै छन् । राउण्ड अफ सिक्सटिनमा चमत्कारिक प्रदर्शन गर्ने क्रममा आइसल्याण्डले इङ्गल्याण्डलाई २–१ ले हराएको थियो । त्यसैगरी फ्रान्सले पनि आयरल्याण्डको चुनौती २–१ ले पार गरेको थियो । 
तुलनात्मक रुपमा आइसल्याण्ड कमजोर टिम भए पनि कम नआँक्ने फ्रेन्च प्रशिक्षक डिडियर डेस्च्याम्पस् र कप्तान ह्युगो लोरिसले बताएका छन् । प्रिक्वाटरफाइनलमा इङ्गल्याण्डलाई स्तब्ध पारेकाले पनि फ्रान्स घरेलु मैदानमा खेल्दै गर्दा निकै सजक छ । 
प्रतियोगिताको पहिलो सहभागीतामै आइसल्याण्डले सनसनीपूर्ण प्रदर्शन गर्दै आएको छ । पछिल्लो समय फ्रान्स र आइसल्याण्ड सन् २०१२ मा भिडेका थिए । मध्यान्तरसम्म २–० ले अगाडि रहेको फ्रान्सले अन्ततः खेल ३–२ ले जितेको थियो । खेलमा फर्कन सक्ने क्षमता आइसल्याण्डमा रहेकाले पनि फ्रान्स निकै सजक भएर खेल्नेछ । आइसल्याण्डसंग इङ्गलिश प्रिमियर लिग खेल्ने खेलाडीहरु रहेकाले पनि फ्रान्स सम्हालिएर खेल्ने प्रशिक्षक डिडियरले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ