arrow

बंगलादेशमा दुई दिने राष्ट्रिय शोक, आइएसविरुद्ध मिलेर लड्ने

logo
प्रकाशित २०७३ असार १९ आइतबार
bangladesh-bomb-attack.jpg.jpeg
ढाका । बंगलादेशले राजधानी ढाकामा इस्लामिक अतिवादी समूह आइएसको आक्रमणमा मारिएकाहरुको स्मृतिमा दुई दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । ढाकाको एक वेकरी क्याफेमा शुक्रबार रातिदेखि गरिएको आक्रमणमा २० जना मारिएका थिए । मारिनेमा नौ जना इटालीका, सात जापानका तथा एक एक जना अमेरिकी र भारतीय नागरिक छन् । घटनामा दुई प्रहरी अधिकृत पनि मारिएका थिए । घटनामा ३० जना घाईते भएका छन् ।
क्याफेमा बन्धक बनाइएकाहरु मध्ये १३ जनालाई बंगालादेशी कमाण्डोले १२ घण्टा पछि उद्धार गरेका थिए । सुरक्षा कारवाहीमा छ जना बन्दुकधारी मारिएका छन् भने एक जना पक्राउ परेका छन् । 
प्रधानमन्त्री शेख हसिनाले दुई दिने शोकको घोषणा गर्दै आतंकवादलाई निर्मूल पार्ने अठोट गरेकी छिन् । धर्ममा विश्वास गर्ने कसैले पनि यस्तो बर्बर कार्य गर्न नसक्ने उनको भनाई छ । (एजेन्सी)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ