arrow

दन्द्दकालमा विस्थापित चीज केन्द्रको पुनःस्थापना

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ असार १९ आइतबार
cheese1.jpg.jpeg
पाँचथर।दन्द्दकालमा विस्थापित भएको पाँचथर पञ्चमी गाविस स्थित  गोपेटारमा दूग्ध विकास संस्थानको चीज उत्पादन केन्द्र १६ वर्षपछि पुर्नस्थापना भएको छ।
 
 वि.स. २०५४ सालमा विस्थापित भएको केन्द्र स्थानीयको माग अनुसार गाईको दूध संकलन गरि कञ्चन चीज उत्पादन गर्ने उदेश्यले संस्थानले चीज उत्पादन केन्द्र पुनःस्थापना गरेको केन्द्रका प्रमुख गणेश भूजेलले बताए।
 
चीज उत्पादन केन्द्र पुनःस्थापना भएपछि पाँचथरको पञ्चमी, सुभाङ, थर्पु, अमरपूर, च्याङ्थापु र नागी गाविसका किसानले गाईको दूधको मूल्य राम्रो पाउन थालेको स्थानिय दिपेन्द्र सुब्बाले बताए।
 
उनले भने,“गाउँमा स्थापना भएका डेरी उद्योगबाट दूधको मूल्य कम पाउँदै आएका किसान चीज केन्द्रले फ्याट र एस एन एफका आधारमा प्रतिलिटर ५५ रुपैयाँ मूल्य दिएपछि हामी उत्साहित समेत भएका छौ।”
 
दूग्ध विकास संस्थानले २०५४ सालमा स्थापना गरेको गोपेटारको चीज उत्पादन केन्द्र तीन वर्ष संचालनमा आएपछि बन्द भएको थियो।  २०७० सालमा पुनः स्थापना गरि ५ सय लिटर दूध संकलन गर्ने लक्ष्य लिएको चीज उत्पादन केन्द्रमा अहिले तीन सय लिटर प्रशोधन हुँदै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ