arrow

भारतमा आक्रमण गर्न आइएसबाट ‘सुसाइड बम्बर’ तयार, आसाम र पश्चिम बंगाल निशानामा

logo
प्रकाशित २०७३ असार १९ आइतबार
isis.jpg.jpeg
नयाँ दिल्ली । भारतमा आक्रमण गर्न इस्लामिक अतिवादी समूह आइएसले आत्मघातीहरु अर्थात् सुसाइट बम्बर तयार गर्दै रहेको खुलासा भएको छ । फ्रान्सको पेरिसमा भएको हमलापछि पक्राउ परेका एक फ्रेन्च आतंकवादीबाट सो कुराको घटनाबारे खुलासा भएको हो । सो व्यक्तिका अनुसार आइएसले केही भारतीयलाई सुसाइट बम्बरका लागि तालिमसमेत दिइरहेको छ । 
यतिबेला भारतीय सुरक्षा एजेन्सी निकै सचेत भएर काम गरिरहेको छ । बंगलादेशमा आइएसको आक्रमणपछि अब भारतकै पालो आएको हुन सक्ने भन्दै सुरक्षा एजेन्सी सतर्क भएको हो । बंगलादेशी आतंकबादी संगठन जमात उल मुजाहिदीन जेएमबीले आइएलाई सघाएर भारतमा आक्रमण गर्न सक्ने त्रास भारतलाई रहेको छ ।
 सिरियामा आतंकवादी तालिम लिइसकेको सो फ्रेन्च आतंकवादी रेडा हेमले बताएका छन् । उनले झण्डै एक सय व्यक्तिबीच आफूले तालिम लिएको बताउँदै त्यसमध्ये भारतीयहरु पनि रहेको स्पष्ट पारेका छन् । अमेरिकी साइट इन्टिलिजेन्स गु्रपले पनि एक भिडियोलाई आधार बनाएर यसको पुष्टि गरेको छ । 
भारतमा तत्काल आसाम र पश्चिम बंगालमा आत्मघाती हमला हुन सक्नेसमेत जनाइएको छ । (एजेन्सी)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ