arrow

बझाङको मष्टा गाउँपालिकाका संक्रमण प्रभावितलाई मानव धर्मको स्वास्थ्य सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
bajhang-health-kit.jpg

काठमाडौँ ।  नेपाल मानव धर्म सेवा समितिले कोभिड- १९ प्रभावितहरूका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बझाङ जिल्लाको मष्टा गाउँपालिकाका कोरोना संक्रमण प्रभावितहरूका लागि समितिले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

बुधवार समितिकी केन्द्र प्रमुख महात्मा चमेली बाईँजीको उपस्थितिमा बझाङका प्रतिनिधि सभा सदस्य प्रकाश रसाइली रोहबरमा कुबेर सिंह समूहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको समितिले जनाएको छ ।

हस्तान्तरण गरिएको  स्वास्थ्य सामग्रीमा अक्सिमिटर २० पिस, फेस सिल्ड १०० पिस , पिपिई सेट २० पिस, सेनिटाइजर २०० पिस, एन ९५ मास्क १०० पिस, ग्लोब्स २० पकेट, साइनेक्स २०० स्ट्रिप्स (पत्ता)  ,  भिटामिन डी २०० स्ट्रिप्स (पत्ता),  पारा सिटामोल २०० स्ट्रिप्स (पत्ता), ब्रुफीन २०० स्ट्रिप्स (पत्ता) रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ