arrow

जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणबाटै चट्

logo
प्रकाशित २०७३ असार १९ आइतबार
djoki.jpg.jpeg
वेम्बले । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच इङ्ल्याण्डमा जारी विम्बल्डन टेनिसको तेस्रो चरणबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा सर्वियाका खेलाडी जोकोभिच अमेरिकी खेलाडी साम क्विरीसंग पराजित भएका हुन् । सन् २०१५ को फ्रेन्च ओपनपछि पहिलो पटक पराजित भएका जोकोभिच २८ औं वरियताका क्विरीसंग ७–६, ६–१, ३–६ र ७–६ ले पराजित भएका हुन् । 
स्कटल्याण्डका दोस्रो वरियताका खेलाडी एन्डी मरे भने चौथो चरणमा पुगेका छन् । मरेले अष्ट्रेलियाका खेलाडी जोन मिल्मनलाई पराजित गरे । मरे ६–३, ७–५ र ६–२ को सोझो सेटमा विजयी भएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ