arrow

'आईसल्याण्डले आफ्नो 'बेस्ट' प्रदर्शन गर्न बाँकी छ' , फ्रान्स तयार

logo
प्रकाशित २०७३ असार १९ आइतबार
ICELAND_TEam.jpg.jpeg
काठमाडौं। पहिलो पटक युरो फुटबल खेलिरहेको आइसल्याण्डले अन्तिम क्वार्टरफाईनल खेलमा आयोजक फ्रान्सको समाना गर्दैछ। आफ्नो घरेलु मैदानमा सफलताको राम्रो रेकर्ड रहेको फ्रान्सलाई प्रतियोगिताको चमत्कारिक टोली आईसल्याण्डले कडा टक्कर दिने निश्चित रहेको छ। 
 
वेल्सले बेल्जियमलाई ३-१ गोलले पाखा लगाएपछि आईसल्याण्ड टोलीको मनोबल भने बढेको हुनु पर्छ। उपाधि दावेदार मानिएको बेल्जयमलाइ वेल्सले क्वार्टरफाईनलमा पराजित गरेको थियो। 
 
सन् १९८४मा आफ्नो घरमा भएको युरो र सन् १९९८मा विश्वकप फुटबल जितेको फ्रान्स युरो २०१६को उपाधि दावेदार मानिएको छ। आइसल्याण्डको समुह चरणको प्रदर्शन र राउण्ड अफ सिक्सटिनमा ईङल्याण्डलाई पराजित गरेको अनुभवले गर्दा उच्च मनोबलका साथ मैदानमा ओर्लने छ। 
 
'आइसल्याण्डले आफ्नो उच्चतम प्रदर्शन गर्न बाँकी रहेको छ। हाम्रा खेलाडीहरुको मनोबल उच्च छ र उनीहरु कुनै पनि दवाब बिना मैदानमा उत्रने हुँदा हामीले ठूला टोलीहरुलाई हराउने गरेका छौं।' प्रशिक्षक हेमिर हालग्रिमशनले संचारकर्मीहरुलाई बताएका छन्। 
 
फ्रान्सलाई आफ्नो घरेलु मैदान र दर्शकको साथ रहने छ भने आइसल्याण्डबाट फुटबलकालागि आऐकासमर्थकको साथ आईसल्याण्डलाई हुनेछ। कुनै टोलीका समर्थन नगर्ने दर्शकहरुको समर्थन पनि आईसल्याण्डले पाउने संभावना रहेको छ। 
 
'समुह चरणमा गरेको उच्च प्रदर्शन र राउण्ड अफ सिक्सटिनमा ईङल्याण्डलाई हराएको आईसल्याण्ड निश्चित रुपमा राम्रो टोली हो। क्वार्टरफाईनल चरणमा राम्रो टोलीसँगै भेट हुने हुँदा हामी सेमीफाईनल यात्राकालागि तयार छौं।' फ्रान्सका प्रशिक्षक डिडियर डेसक्याम्प्सले बताएका छन्। 
 
तुलनात्मक रुपमा आइसल्याण्ड कमजोर टिम भए पनि कम नआँक्ने फ्रेन्च प्रशिक्षक डिडियर डेस्च्याम्पस् र कप्तान ह्युगो लोरिसले बताएका छन् । प्रिक्वाटरफाइनलमा इङ्गल्याण्डलाई स्तब्ध पारेकाले पनि फ्रान्स घरेलु मैदानमा खेल्दै गर्दा निकै सजक छ । 
 
प्रतियोगिताको पहिलो सहभागीतामै आइसल्याण्डले सनसनीपूर्ण प्रदर्शन गर्दै आएको छ । पछिल्लो समय फ्रान्स र आइसल्याण्ड सन् २०१२ मा भिडेका थिए । मध्यान्तरसम्म २–० ले अगाडि रहेको फ्रान्सले अन्ततः खेल ३–२ ले जितेको थियो । खेलमा फर्कन सक्ने क्षमता आइसल्याण्डमा रहेकाले पनि फ्रान्स निकै सजक भएर खेल्नेछ । 
 
आइसल्याण्डसंग इङ्गलिश प्रिमियर लिग खेल्ने खेलाडीहरु रहेकाले पनि फ्रान्स सम्हालिएर खेल्ने प्रशिक्षक डिडियरले बताएका छन् । 
 



नयाँ