arrow

इजिप्ट विमानको ‘भ्वाइस रेकर्डर’ सुरक्षित

logo
प्रकाशित २०७३ असार १९ आइतबार
egypt-air-1-e1463627588207.jpg.jpeg
काएरो (इजिप्ट)। इजिप्टको दुर्घटनाग्रस्त विमानको अनुसन्धान समितिले मे १९ मा पेरिसबाट काएरोका लागि छुटेको उडान नम्वर एमएस–८०४ को दुर्घटनाग्रस्त विमानको ‘भ्वाइस रेकर्डर’ सुरक्षित भएको शनिबार बताएको छ । 
 
विमान दुर्घटना भएपछि भू–मध्यसागरीय क्षेत्रबाट समुद्रमा डुबिरहेको उक्त ‘ककपिट भ्वाइस रेकर्डर’ मा केही समस्या भए पनि विमानमा भएको गतिविधिको ‘मेमोरी’ राख्ने भाग सुरक्षित रहेको उक्त समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
 
ककपिटको केही बिग्रिएका पूर्जाहरुलाई परिवर्तन गरेपछि भ्वाइस रेकर्डरले पूर्ण काम गर्नेमा अनुसन्धानमा संलग्न प्राविधिकले बताएका छन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ