arrow

सदस्य उपस्थित नभएपछि नेविसंघको विवाद समाधान कार्यदलको बैठक स्थगित

logo
प्रकाशित २०७३ असार १९ आइतबार
nebisangh-bidad.jpg.jpeg
काठमाडौं। केही सदस्यहरू उपस्थित नभएपछि नेपाल विद्यार्थी संघको विवाद समाधानको लागि बनेको कार्यदलको पहिलो बैठक स्थगित भएको छ। आईतबार विहान साढे ८ बजेको लागि बोलाईएको बैठकमा दुईजना सदस्य उपस्थित हुन नसकेपछि सोमबार अपराह्न ४ बजेबस्नेगरी बैठक स्थगित गरिएको कार्यदलका संयोजक लीलाबल्लभ दाहाल (काका) ले जानकारी दिए। 
 
उनका अनुसार सदस्यहरू अशोक वस्ताकोटी र विष्णुदत्त जोशी काठमाडौं आईपुग्न नभ्याएपछि उनीहरू आएपछि बस्नेगरी बैठक स्थगित गरिएको हो। ‘सहमतीमा मात्रै सबै कुरा गर्ने भनिएकोले पछि विवाद नहोस् भन्नको लागि बैठक नै स्थगित गरेका हौं।’ संयोजक काकाले भने ‘अब कसरी अघि बढ्ने भनेर हामी भोलि चार बजे बस्ने बैठकबाट सबै अगाडि बढाउने छौं।’  
 
कार्यदल सदस्यमा रञ्जीत कर्णपक्षीय सदस्यहरू विष्णुदत्त जोशी, सन्तोष कट्टेल र प्रकाश महर्जन ऋषिकेश जंग शाह पक्षीय अशोक वास्ताकोटी र दुरेन राई छन् भने कुन्दनराज काफ्ले पक्षीय जीत शेरचन रहेका छन्।
 
नेविसंघ स्रोतका अनुसार कार्यदलको बैठक र यसको आगामी कार्यको विषयमा नै आन्तरिक विवाद सुरू भएपछि अहिलेसम्म बैठक बस्न नसकेको हो। कार्यदललाई केन्द्रीय समितिले अधिवेशन हुन बाँकी भनेको ११ जिल्ला विभिन्न क्याम्पस तथा विश्वविद्यालयको विवाद मिलाउने र अधिवेशनको लागि मार्ग प्रशस्त गर्ने कार्य तोकिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ