arrow

इराकको बग्दादमा आइएसको आक्रमण, ७९ को मृत्यु, एक सय ३१ घाइते

logo
प्रकाशित २०७३ असार १९ आइतबार
is-iraq-new.jpg.jpeg
एजेन्सी । इराकको राजधानी बग्दादमा शक्तिशाली दुई बम विष्फोटमा कम्तिमा पनि ७९ जनाको मुत्यु भएको छ । विष्फोटमा परी एक सय ३१ जना घाइते भएका छन् । चरमपन्थी संगठन स्लामिक स्टेट आइएसले करादा क्षेत्रमा एक रेष्टुरेन्ट नजिकै कार बम विष्फोट गराएको जिम्मेवारी लिएको छ । 
 
त्यहाँको एक व्यस्त सडकमा रमजानका लासग साँझ पख किनमेल गर्नेको भीड लागेको थियो । दोस्रो विष्फोट राजधानी बग्दादको उत्तर पश्चिम शिया बहुल क्षेत्रमा भएको हो । यो आक्रमण इराकी सेनाले फलुजा सहर आइएसबाट मुक्त गरेको एक हप्ता पछि भएको हो । पछिल्लो समय आइएसले रेष्टुरेन्टलाई निसाना बनाउँदै आएको छ । 
 
इराकको उत्तर र पश्चिमी क्षेत्रमा आइसएको कब्जा कायमै छ । जसमा इराकको सबैभन्दो ठूलो सशर मोसूल समेत रहेको छ । इराकलाई छिमेकी देश सिरियाले निकै दबाब सिर्जना गरेको छ । शनिबार मात्रै बंगलादेशमा आइएसले कुरान पढ्न नसक्ने २० विदेशी नागरिकको निर्ममतापूर्वक हत्या गरेको थियो । कुरानका श्लोक पढ्न सक्नेलाई भने उनीहरुले छाडेका अन्तर्राष्ट्रि संचारमाध्यमले जनाएका छन् । 
 
Iraqi fire fighters and civilians gather at the site of a car bomb at a commercial area in the Karada neighbourhood of Baghdad (03 July 2016)
 
घटना स्थल
 
रोती महिलाएँ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ