एजेन्सी । आमिर खान म्याग्जिनको कभर फीचरमा आउने बलिउड कलाकारहरु मध्ये सबै भन्दा पछाडि छन् । आमिर खानको तस्वीर म्याग्जीनमा खोज्नु बेकारकै कुरा हो । किनकि उनि कमै मात्रामा म्यागजीनको कभर पेजमा देखिन्छन् वा उनि अरुको तुलनामा म्याग्जिनमा आउदैनन् भन्दा पनि अतियुक्ती नहोला ।
तर यो पटक भने आमिर म्याग्जीनको कभर पेजमा देखिने भएका छन् । ३ बर्ष पहिले सन् २०१३ मा आमिर 'टाइम' म्याग्जीनको कभर पेजमा देखिएका थिए । यस पटक आमिर 'जिक्यु' म्याग्जिनको कभर पेजमा देखिने भएका हुन् ।
'जिक्यु' म्याग्जिनले आमिरको एक्सक्लूसिभ कभर चाडै सार्वजनीक गर्दैछ । सो कभर आमिर आफ्नो आगामि चलचित्र दंगालको लागि गर्न गइरहेका छन् । सोको एक्सक्लूसिवली सुट आमिरले गरिसकेका छन् । आमिर कभर पेजमा चलचित्र दंगालको लुकमा देखिनेछन् ।