arrow

नेप्से चार अङ्कले घट्यो

logo
प्रकाशित २०७३ असार १९ आइतबार
Nepal-Stock-exchange.jpg.jpeg
काठमाडौँ। नेप्सेआज चार अङ्कले घटेर एक हजार ७१९ बिन्दुमा झरेको छ ।  अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार आज बजार खुलेको पहिलो दिनमै चार अङ्कले घटेको हो । सेयर बजारको मापक निकाय नेपाल स्टक एक्सचेन्जका अनुसार आज १३७ कम्पनीको रु एक अर्ब ८५ करोड मूल्य बराबरको कारोबार भयो । आज मात्रै दुई लाख ८३ हजार ३०० कित्ता विभिन्न कम्पनीका सेयर कारोबार भएको छ । 
 
नेप्सेका अनुसार आज लगानीकर्ता लघुवित्त कम्पनीको सेयरतर्फ आकर्षित भएका छन् । समग्रमा लघुवित्त कम्पनीको सेयर ६६ अङ्कले बढेको छ भने वित्त २९ र अन्य समूह चार अङ्कले बढेका छन् । सधैँ उकालो लाग्दै आएको बिमा समूह आज भने खुम्चिएको छ । सो समूहमा आज २२३ अङ्कले कमी आएको छ भने घट्ने सूचीमा बैंकिङ र जलविद्युत् समूह रहेका छन् । 
 
नेप्सेका अनुसार बैंकिङ समूह १३ र जलविद्युत् समूह सात अङ्कले घटेका छन् । सेयर बजार औसतमा घटे पनि केही कम्पनीका लगानीकर्ताले भने आज १० प्रतिशतको हाराहारीमा नाफा कमाएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ