arrow

उचित मुल्य नपाउँदा आठ करोडको अलैँची गाउँमै थन्कियो

logo
प्रकाशित २०७३ असार १९ आइतबार
alaichi.jpg.jpeg
सोलुखुम्बु । अलैँचीको मूल्यमा कमी आएपछि गुदेलका अलैँची व्यापारीलाई सास्ती भएको छ । चर्को ब्याजदरमा ऋण लिएर गाउँमा सङ्कलन गरेको अलैँचीको मूल्यमा कमी आएपछि अलैँची व्यापारीलाई समस्या भएको हो । मूल्य बढ्ने आशामा गाउँमा किसानले उत्पादन गरेको अलैँची प्रतिमन (४० किलो) रु ८८ हजारमा किनेका व्यापारी अहिले उचित मूल्य नपाउँदा गाउँमै थन्क्याएर बसेका छन् । 
 
उचित मूल्य पर्खेर बसेका व्यापारी नौ महिनादेखि अलैँची थन्क्याएर बसेका छन् । उनीहरुले अलैँचीमा रु एक करोडभन्दा बढी लगानी गरेका छन् । गत वर्षको असोज–कात्तिकमा गाविसभर सङ्कलन गरेको अलैँची उचित मूल्य नपाएपछि घरमै थन्क्याएको गुदेल–२ तुमाउका जयकुवीर राईले बताए। 
 
“चर्को ब्याजले डुब्ने अवस्था भइसक्दा पनि अलैँचीको मूल्य बढेको छ्रैन,” उनले भने  । गुदेलका व्यापारी जङ्गीराम राईसँग रु एक करोड ७६ लाख बराबरको २०० मन, गुदेल–४ का व्यापारी नारद कुलुङसँग रु एक करोड ३२ लाख बराबरको १५० मन, जयकुवीर राईसँग रु एक करोड ९३ लाख छ हजार बराबरको २२० मन अलैँची घरमै थन्किएको छ । 
 
त्यस्तै गुदेलकै व्यापारी जङ्गेबहादुर राईसँग रु एक करोड ७६ लाख बराबरको २०० मन, जगत राईसँग रु २२ लाख बराबरको २५ मन र गुदेल–३ लुच्चामका खड्गबहादुर राईसँग रु १७ लाख ६० हजार बराबरको २० मन अलैँची बिक्री हुन सकेको छैन । उक्त गाविसभरि रु सात करोड ७७ लाख बराबरको अलँैची उचित मूल्य नपाउँदा बिक्री हुन नसकेको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ