- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । ऋषि पराशर प्रकाण्ड विद्वान र योग सिद्धि सम्पन्न प्रसिद्ध ऋषि थिए। एक दिन उनी यमुना पार गर्नको लागि नाउमा सवार थिए। उनी सवार नाउमा एक माझीकी पुत्री सत्यवतीले चलाएरहेकी थिइन् । ऋषि पराशर उनको रूप र यौवनलाई देखेर विचलित र व्याकुल भए ।
ऋषि पराशरले ती निषाद कन्या सत्यवतीसँग प्रेम गर्ने इच्छा जनाए। सत्यवतीले भनिन् कि यो त सिधै अनैतिक हुन्छ । कुनै पनि प्रकारको अनैतिक सम्बन्धबाट जन्मिएको सन्तान मेरो हुन सक्दैन । म यसको लागि जन्मिएको भएको व्यक्ति होइन । तर, ऋषि पराशरले मानेनन् । बरु उनले सत्यवतीसँग प्रणय निवेदन गर्न लागे ।
तब सत्यवतीले ऋषि सामु तीन शर्त राखिन् । पहिलो त्यस्तो सम्बन्ध राख्दा कसैले पनि देख्नु हुँदैन । उनले भन्ने बित्तिकै तुरुन्त ऋषि पाराशरले एक कृत्रिम आवरण बनाए । सत्यवतीले दोस्रो सर्तमा यौन सम्पर्क राखे पनि उनको कौमार्यता कुनै पनि हालतमा भङ्ग हुनु भएन । यो सर्तमा ऋषिले आश्वासन दिए कि बच्चाको जन्मपछि मात्रै उनको कौमार्यता पहिलेको जस्तै हुन्छ ।
तेस्रो सर्त उनको माछाको जस्तो जुन दूर्गन्ध छ त्यो एउटा सुगन्धमा परिणत होस् । तब पराशर ऋषिले उनको चारैतिर एक सुगन्धको वातावरण निर्मित गरिदिए । जसबाट ९ माइलसम्म सुगन्धको महसुस गर्न सकिन्छ ।
उक्त तीन सर्त पूरा गरेपछि सत्यवती र ऋषि पराशरले नाउमा नै रासलिला रचाए । यसको परिणामस्वरूप एक द्वीपमा उनको एक पुत्रको जन्म भएको थियो । जसको नाम कृष्णद्वैपायन राखियो। यही पुत्र पछि चलेर महर्षि वेद व्यासको नामबाट प्रसिद्ध भए।
धृतराष्ट्र, पाण्डु र विदुरलाई महर्षि वेद व्यासको पुत्र मानिएको छ । यिनै तीन पुत्रहरूमध्ये एक धृतराष्ट्रको यहाँ जब कोही पुत्र थिएनन्। वेदव्यासको कृपाले नै उनको ९९ पुत्र र १ पुत्रीको जन्म भयो । महाभारतबाट