- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालका सोझा साझा जनतालाई भावनात्मक बुद्धिमत्ता प्रयोग गरेर भावनात्मक रूपमा शाब्दिग जाल र झेली खेलले आमजनतालाई झुक्याउने खेल जारी नै छ । जनता पनी गौप्राणी नै भावनात्मक कुरा आयो की आँख़ा चिम्लेर विश्वास गर्ने कति सोझा नेपाली । कुनैपनी मन्त्रीको कार्यकाल सफल की असफल भन्ने कुराको मूल्यांकन मापन उसले गरेका काम ले हुनुपर्दछ। नेपालीमा एक भनाइ छ-‘शब्द भन्दा बढी विश्वास काममा गर्नुस ।’
मन्त्री पदबाट बाहिरिँदा मैंले यो यो काम गरें भनेर मापन गर्ने ग़री देशले महशुस गर्ने ग़री व्याख्यात्मक र विस्तृत कुरा हाइन गुणात्मक र मात्रात्मक परिणामहरू ल्याउने ग़री के के काम भय ती कार्यको प्रभावकारितामा जोखिनु पर्दछ। नेपालमा सस्तो लोकप्रियता खोजेर प्रचारबाज़ी काम बढी गरेर आफ्नो कार्यकाल सफल भनेर आफैं संचारमा छाउने खेल पनी नयाँ होइन । कसको भ्रमण भो मेरो कार्यकालमा रे, यस्तो पनी सफलताको सूचक हुन्छ हाम्रो नेपालमा ? भ्रमण होस या नहोस देशलाई के देखिने ग़री फाइदा भयो बहस यो कुरामा गरिनुपर्छ ।
सम्पत्ति विवरण सार्वजनिक गरेर मात्र राजदूत नियुक्तिमा भएका चलखेल ढाकिनु हुन्न । त्यसको फेहरिस्तर कारण नदिएसम्म उनी ‘दुधले नुहाएका मन्त्री’मा स्थापित हुन सक्दैनन् । उनले सामाजिक सञ्जालमा सम्पत्ति विवरण देखाएर आफ्ना कमजोरी ढाकछोपको अस्त्रका रूपमा त्यसलाई प्रयोग गरेका हुन् भन्ने कतै छिपेको छैन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध सुधार भयो भन्ने कुरा सुन्दा एकदम राम्रो सुनिन्छ । यो शाब्दिक जाल जनतामा फाल्ने अनी जनताहरु विश्वास गरेर तारीफ़मा समय बर्बाद गर्ने परम्परा पुरानो नै हो । सम्बन्ध सुधार देशको लागि भयो की भएन देशले सुधारिएको सम्बन्धबाट के-के लाभ लिए बिचारणीय प्रश्न हो । भारत र अमेरिका खुसी कसरी बनाउन सकिन्छ भनेर सामन्त गोयलदेखि बिदेश सचिबको भेट नै भ्रमण नै सफलताको मापन हुन सक्दैन्। सत्ता जोगाउन मात्रै स्थापित सम्बन्धको बिस्तार होइन कि देश हितका लागि भन्ने मूल कुरा हो ।
तर कूटनैतिक सम्बन्ध बिस्तारलाई अर्को सफलताको सूचक भनेर बयान गर्दैगर्दा जुन देशसँगको सम्बन्धले हाम्रो देशलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभाव पार्छ उनीहरुको रिमोट बनेर देशको हित बिपरित बिदेशको स्वार्थमा हाम्रो देशलाई प्रयोगभूमि बनाउन दिनु अझ कसरी सफलताको इँटा भनेर भन्न मिल्ने अवस्था त रहेन । अर्को कुरा हाम्रो प्रत्यक्ष सरोकार नभएका हाम्रो दुःख सुखमा सहयोगी नभएका राष्ट्रसँग गरेको नयाँ कूटनीतिक सम्बन्धले देशलाई अफ्ठयारोमा पर्दा के दियो रु ती देशहरुसँग गरिीका फ़ोन र भिडियो कन्फरेन्सले देशलाई संकट पर्दा के दियो ? न खोप समयमा न राहत समयमा आयो, कार्यकारिणी सरकार छ । राष्ट्रपतिले हात फैलाएर मागिरहने, मन्त्रीहरु आफ़नो सत्ताको गोटी मै रमाउने खेल भए।
अलिकती जनतालाई बचाउन मनदेखि कमिशनको खेलमा नलागी काम भएको भए खोप छिटो ल्याउन सफल भएको भए जनताको मनमा बस्न सम्पत्ति सार्वजनिक भनेर सस्तो विधि प्रयोगको ज़रूरी नै थिएन । यहाँ त बहालवाला मन्त्री सरकारका मन्त्री ले नै ब्यापारिक चलखेलले खोप समयमा आउन नपाएकोे भन्ने कुरा बाहिर आउँदा समेत मौन बसेको कुरालाई मौन स्वीकृति लक्षणम जस्तो आम बुझाई बन्नपुग्यो । पछिल्लो समय प्रधानमन्त्रीले रटान दिएको दक्षिण एसियामा पहिलो खोप भन्दै त्यही कुरा दोहोर्याइरहेका प्रदिप ज्ञवालीले खोप कूटनीति पनि सदाशयता बाहेक अन्य कुनै ठूलो पहल देखिएन । यदि ठूलो पहल हुन्थ्यो भने खरिद गरेको खोप पनी आउने थियो । चीनमा प्याक गरेर राखेको तीन महिनापछि नेपालमा खोप आइपुग्नुलाई कूटनीतिक सफलता की असफलता मान्नु ?
नैतिकताको एकोहोरो सुँगा रटान सुनिरहँदा बुज्न नसकेको कुरा असंग्लग्न परराष्ट्र नीति भन्ने हाम्रो नीतिमा हामी अडिग हुन सफल भयौं की भएनौं फ़र्केर हेर्ने हो की । कूटनीति देश र जनताको हितको नम्ती हुनु पर्दछ । कूटनीति र परराष्ट्र नीतिको परिभाषा बदल्नुपर्ने ग़री आफ्नो सत्ता गुटको बचाऊको लागि दिनरात मेहनत लगाएर स्वार्थ केन्द्रित कूटनीति ले लज्जाबोध गराएको छ । नेपालको परराष्ट्रनीति असंलग्न हो । नेपालका बामपन्थीहरूमा अचम्मको एउटा बामपन्थी फोविया छ । उक्त बामपन्थी फोवियाले सिंगो क्रिमिया निल्ने रसिया कहिल्यै साम्राज्यवादी देख्दैन । हाम्रै छिमेकी देश तिब्बत जो नेपालभन्दा कयौं गुणा ठूलो देश थियो । त्यसलाई निल्ने चीन कहिल्यै साम्राज्यवादी बनेन् । अरू बाँकी सबै साम्राज्यवादी र पुँजीवादी बने । यस्तो एकतर्फी सोच, संकुचित हठ र धारणा बोकेको नीति देशको परराष्ट्रनीति बन्न थाल्यो भने यसैबाट निर्देशित भएर सरकारका धारणाहरू बाहिर आउन थाले भने, अझैपनि परराष्ट्र नीति बनाउँदा आफ्नो पार्टीको दृष्टिकोणभन्दा माथि उठ्न सकेनन् भने बाहिरी विश्वसँग यिनले कस्तो कुटनीतिक क्षमता प्रर्दशन गर्लान ? त्यसको छनक पूर्वमूल्याकंन गर्न गा¥हो पनि छैन् । बिदेशीबाट निर्देशित पराधिन तत्वले यो देशको रक्षा कसरी गर्ला सोचनिय बिषय छ।
कूटनीतिमा राज्यको एकद्वार नीति हुनुपर्छ र सरकार फेरिए पनी राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध र ब्यावहार समान हुनुपर्ने हो । सरकार सम्मिलित दल र पार्टीको लागी एक किसिमको राष्ट्रवाद अनी अरु जनताले बुझेको राष्ट्रवाद फ़रक हुन्छ र ? भारतसँगको सम्बन्धमा उतारचढाव आउँदा त्यो सुधार गर्न उनले पठाएको पत्रको उत्तर आउन सकेन । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन बुझाउने विषयमा त कुरा गर्ने आँटसम्म उनले गरेनन् । न आफैँले बुझेर भारतलाई नैतिक दबाब दिनसके ।
बैदेशिक हस्तक्षेप रोकेर देशको बृहत्तर हितको अन्तर्राष्ट्रिय सम्बन्ध सुधारेर आर्थिक बिकासको लागि ठुलाठुला प्रोजेक्ट, बैदेशिक लगानी, ठुला लगानीदेखि कोरोना क़हरमा जनताले तुरुन्त राहत पाउन सकेको भए । कार्यकाल सफलताको सूचक यी कुरालाई पनी मान्ने हो की । उल्टै बैदेशिक सहयोगलाई ओछ्याऊनु पर्ने रातों कार्पेट सामन्त गोयललाई विछ्याउने कुरालाई खै कसरी सफलता मान्नु। चीनसँग पारवाहन सन्धिको प्रोटोकलमा हस्ताक्षरपछि कार्यान्वयनमा उनको अग्रसरता देखिएन् । बीआरआई अन्तर्गतका परियोजनाहरुमा उनले चासो समेत दिएनन् । कुन मापन नियालेर उनलाई सफल परराष्ट्रमन्त्री भन्ने ? उनले न कूटनीतिक आचारसंहिता ल्याउन सके, न राजदूतको मापदण्ड लागू गर्न सके । न उनले चीनसँग भएको सम्झौता कार्यान्वयन गरेर अघि बढाउन सके, न त उनले भारतसँगको सम्बन्धमा पत्राचारसमेत राम्रोसँग गराउन सके । सम्पर्क सूत्र प्रयोग गर्ने र कूटनीतिक ‘स्किल’ देखाउने त परको विषय । यतिबेला सामाजिक सञ्जानलमा उनकै प्रशंसा देख्दा अलिकति पनि हामी अध्ययन गर्दैनौं– कागले कान लग्यो भनेर कागको पछी भागेको भान हुन्छ ।
लेबि र कर तिरेर मेरो सम्पत्ति २०० थान किताब मात्रै भनेर कार्यकाल सफल वा असफलताको पगरी भिर्ने सस्तो लोकप्रियताको लागि सस्तो प्रचार गोयबल्स शैली गर्ने यो कुन नैतिकताको किताबमा पर्छ । के भोलि केपी ओलीले पनि आफ्नो यस्तै ‘सम्पत्ति सार्वजनिक’ गरे भने ती सबै अपराध माफ हुने हो ? दुनियाँमा कुनै पनि शासकको मूल्यांकनको कस्तो छ, के देखायो वा के भन्यो भनेर गरिँदैन, गरिन्छ, उसले काम के गर्यो वा के गरेन ।
इतिहासमा बैदेशिक नागों नाच देखाउनेलाई नेपाली भूमिलाई क्रीड़ास्थल बनाउन रंगमन्च मंचन गरेको भूमिकालाई इतिहासले गम्भीर रुपले समीक्षा गर्ने नै छ । कूटनीतिक मर्यादा भन्दा बाहिर गएर गरेका गैरजिम्मेवार कामको फेहरिस्तको मूल्यांकन आम जनताले गरेका छन् । नैतिकताको र इमान्दारिताको वकालत गर्ने अनी प्रतिनिधि सभा पुनर्स्थापना भए एक मिनेट बस्दिन भनेर आफैंले बोलेर अन्तिम घड़ीसम्म पदमै बसिरहने यो बोली र व्यवहार बीचको यति ठुलो दूरीलाई नैतिकता भित्र राख्न कसरी मिल्ला ?
अल्पविकसित मुलुकको परराष्ट्रमन्त्रीको छोटो समयको भ्रमण अत्यासलाग्दो थियो । सायद, विश्व हाँकिरहेका धनी मुलुकका विदेशमन्त्री पनि विना लक्ष्य त्यो शैलीको यात्रा गर्दैनन् । ज्ञवालीको भ्रमणमोह समाचार नै बनेका थिए । जनता सोझा छन भनेर पदमा रहुन्जेल जनता र देशमाथि ‘कू’ मात्रै गर्ने सत्ता र गुटबाहेक अरु प्राथमिकतामा नपर्ने ,ईमानदार र नैतिकता थियो भने देशको बिरुद्ध दूधको साक्षि बिरालो बनेर ओलीको मुख्य सल्लाहकार बनेर प्रतिगमन र देशलाई बर्बादीतिर धकेल्ने सल्लाह दिने ओली भन्दा पनि ज्ञवालीलाई महादोषी किन नभन्ने ?
ओलीको खम्बा बनेर उभिने ज्ञवाली ओली देशले जनताले अदालतले कानुनले ग़लत भन्ने अनी ओली कदमको सारथी तपाई चाही दूधले नुहाएको हो भन्न कसरी मिल्ला इतिहासले यसको पनी उत्तर अवश्य खोज्ला । भारतीय राजनाथ र उत्तरखण्डको मुख्यमन्त्रीले लिपुलेक हाम्रो हो भनेर बोल्दा विभागीय मन्त्रीले एक बिज्ञप्ति पनि ननिकाल्ने कार्य भयो यसलाई पनी सफलताकै रुपमा चित्रण नगर्ने पो हो की । नेपालको इतिहासमा पहिलो पटक परराष्ट्र मन्त्रालयको बिज्ञप्ति बिना हस्ताक्षर तथा नामविहीन हस्ताक्षर निकालेर अन्तर्राष्ट्रिय कूटनीतिक जगतमा लज्जाबोधको बिषय बन्न पुग्यो । नेपालीको स्वाभिमानमा गहिरो ठेस लगाउने काम भयो । कूटनीतिक रुपमा सफल त सम्बन्ध राष्ट्र हितमा मज़बूत बनेर हुने हो सत्तालिप्सामा रमाएर सत्ता टिकाउने खेलमा सफ़ल हुँदैगर्दा देशको कूटनीतिमा असफलताको अनुभूति हो ।
ज्ञवाली सरकारको प्रबक्ता तथा बिभागीय मन्त्री रहँदै गर्दा जनताले चुनेर पठाएको प्रतिनिधि सभालाई भंग गरेर अध्यादेशमार्फ़त नागरिकता बिधेयक, चूरे भावरको गिट्टी बालुवासंग देशको राष्ट्रियता साट्ने रणनीतिक कार्य जस्ता देशलाई दूरगामी असर पर्ने नीतिगत निर्णयको निर्णयकर्ता तथा सारथी बनेको कुरालाई आमजनताले कसरी मूल्यांकन गर्ने देशले भोलिका दिन पर्न सक्ने नियतिको बिरुद्धमा खै इमानदारिता र नैतिकता कहाँ गयो उहाँको अडान फगत नाटकीय बहिर्गमनले पदमा रहँदा गरेको छलछामलाई कसरी छोप्ला र खै ।
सरकार गठनमा बिदेशीको सीधा उपस्थिति, राजदूतहरु नेताको घर घर डुलेर निर्देशन दिने कार्यलाई ग़लत भनेर रोक्ने प्रयास गर्नुपर्ने ठाउँमा उल्टै थप प्रशय दिएर उनकै सरणमा जानेदेखि कूटनीतिक मर्यादाको पालन गर्ने गराउने भूमिका सून्यप्रायको स्थानमा कसरी पुग्न सफल भयो यो पाटोलाई बिर्सिएर सफलता असफलताको मापन अधूरो हुन सक्छ।
राजदूत नियुक्ति प्रकरणमा कती छलछाम गरियो, अयोग्य व्यक्तिलाई देशको राजदूत पदमा भरणपोषण गरेर पदको गरिमा योग्यतालाई आफ़नो स्वार्थसंग साट्ने काम यही कालमा बढी भयो । राजदूत नियुक्तिमा व्यापारिक घरानाका व्यक्तिदेखि कार्यकर्ता हुँदै राजदूत भएपछि मात्र ‘सिक्ने’ पात्रहरूले नियुक्ति पाएको घटना ताजै छ । उनका कार्यकालमा राजदूतका नियुक्ति अधिकांश विवादित बनेका छन् । जसको चारैतिर आलोचना भएकै हो । ती पात्रहरूले मुलुकलाई फाइदा होइन, नोक्सानी गरेका तथ्य बाहिर आइसकेका छन् । अझ संसदीय सुनुवाइ छल्ने उद्देश्यले संसद् विघटनकै बेलामा राजदूत नियुक्त गरिएका छन्, जुन पूर्णतः जालसाजीयुक्त छ ।
सम्पत्ति विवरण सार्वजनिक गरेर मात्र राजदूत नियुक्तिमा भएका चलखेल ढाकिनु हुन्न । यद्यपि सम्पत्ति विवरण सार्वजनिक गर्ने कदमबाट ‘स्वच्छ-छवि’ त प्रचार होला नै, तर विधा विधान मिच्ने कदमको पक्षपोषक-प्रतिरक्षकका रुपमा उनको ‘छद्मन छवि’ भने बिस्तारै उघ्रिँदै जानेछ । नेपालमा नेताहरुको आफ्नो सम्पतिलाई कसरी व्यवस्थापन गर्छन आम जनताले बुजेकै छन।
अन्तमा, अब जनता चेतनशिल छन् । हिजोको तरिकाले भावनात्मक ब्ल्याकमेल गरेर जनताले अब विश्वास गर्दैनन् । जनतालाई काम चाहिएको छ र त्यो काम पनी छर्लङ्ग तरिकाले देश बिदेशले देखेका छन् । गर्न चाहना हुने हो भने जे पनी सम्भब छ नगरेर हो भन्ने यती त जनताले बुझेका छन् । निन्जा टेकनीकले अब जनता झुक्काउन सकिन्छ भन्नु केवल दिवा सपना मात्रै हो । जाते जाते इतिहासमा एक युगमा एक पटक आउने दुई तिहाइलाई तिलान्जली दिएर देशलाई अग्रगमन होइन प्रतिगमन बिकासतर्फ़ होइन बिनासतिर जुटतिर होइन लूट र फुटतिर धकेल्ने काममा मूख्य सहयोगीको रुपमा लागेको दाग कुन साबुनले पखालिएला भन्ने अन्नुतरित प्रश्नको जवाफ समय लेपक्कै देला । आगामी पुस्ताले जनता के दुईतिहाई सहित दिएको सुनौलो अवसरलाई सदुपयोग भयो की दुरुपयोग, देश लाई अगाड़ी बड़ाउने काम भयो की अझ पछाड़ी धकेलियो भन्ने कुरा को आधारशिला र कार्यगत सफलता की असफलता जनता कै अदालतमा ।