arrow

आइएसले बग्दादमा गरेको आक्रमणको देउवाद्वारा निन्दा

logo
प्रकाशित २०७३ असार १९ आइतबार
sher-bahadur-deuba.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इराकमा आतङ्ककारीको शृङ्खलाबद्ध बम विस्फोटमा परी ७९ जनाको मृत्यु भएको घटनाको निन्दा गरेका छन् । 
 
इराकको राजधानी बग्दादको व्यस्त बजारमा आज भएको विस्फोटमा मारिने ७९ मध्ये अधिकांश बालबालिका छन् । सयौँ व्यक्ति गम्भीर घाइते भएको घटनाले सम्पूर्ण विश्वलाई नै स्तब्ध बनाएको सभापति देउवाले जारी गरेको वक्तव्यमा उल्लेख छ । 
 
“अफगानिस्तान, टर्की र बङ्गलादेशमा आतङ्ककारीले अमानवीय तवरले धेरै व्यक्तिको हत्या गरेको घटना सेलाउन नपाउँदै इराकको आक्रमणले विश्वलाई फेरि शोकविह्वल बनाएको छ, विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका घटनाको काँग्रेस निन्दा र भत्र्सना गर्दछ”–वक्तव्यमा सभापति देउवाले भनेका छन् । हत्या, हिंसा र आतङ्कवाद सदाका लागि अन्त्य गरिनुपर्दछ भन्ने काँग्रेसको स्पष्ट धारणा रहेको उनको भनाइ छ । 
 
दुःखद् क्षणमा इराक सरकारमार्फत् पार्टीका तर्फबाट सहानुभूति प्रकट गर्दै सभापति देउवाले धैर्यताका साथ अघि बढ्न इराकी जनतालाई आग्रह गरेका छन्  । उनले वक्तव्यमा दिवङ्गत आत्माको चीर शान्ति, परिवारजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ