arrow

अस्पतालबाट हास्दै फर्किएकी प्रशंसाको आँखामा आँसु नदेखियोस...

logo
अजयबाबु शिवाकोटी,
प्रकाशित २०७३ असार १९ आइतबार
child-1.gif.gif
नर्भिक अस्पतालको इमर्जेन्सी वार्डबाट छिरेपछि देब्रे भित्रतर्फको रहेको त्यहि वेड वेड नम्वर २४७ र २४८। आठ दिनपछि त्यहाँ पुग्दा प्रंशसा आचार्य अस्पतालका नर्स र अन्य विरामीका आफन्तसँग गफिएर निदाएकी थिइन। करिव ५ बर्षकी उनले यो एक हप्तामा धेरैसँग घुलमिल भइसकेकी रहिछन्। उनलाई अस्पतालबाट विदाई गर्न धेरैले हात हल्लाए। धेरैले काखमा लिए। अनि अनुहारको घाउ चाँडो निको होस भनेर कामना गरे। उनले पनि सबैलाई तपाइहरुलाई पनि चाँडै निको होस भनेर कामना गरिन। कतिपय कुरा आफै भनिरहेकी थिइन भने कतिपय बाबा नरहरीले सिकाएर भनिरहेकी थिइन।  
 
असार १२ मा अस्पताल पुग्दा उनी अस्पतालको लामो शैयामा सानो ठाउँ लिएर निदाएकी थिइन। निजगढमा रहेको मावलीबाट रौतहटको चन्द्रनिगाहपुर घर जान लाग्दा बुबा नरहरी आचार्यले चलाएको मोटरसाइकललाई पछाडीबाट आएको टाटासुमोले जेठ ३०मा हानिदिएर उपचारकै क्रममा असार ८मा आमा गुमाएकी उनी र बाबा थप उपचारका लागि काठमाडौं आएका थिए।  
 
अस्पतालमा १० दिन बस्दा प्रंशसालाई घाउको पीडा कम हुँदै गएको थियो। अस्पतालमा छटपटाउने र रुने उनी यो पटक घर फर्कने भएर पनि होला सबैसँग झ्याम्मिएकी थिइन। पुटुपुटु बोलिरहेकी थिइन। नरहरीजीले काका भनेर मलाई चिनाएका थिए प्रशंसा काखैमा आइन। सँगै रहेका अर्का भाइले अस्पतालमा भएका सामान झोलामा राखेर पोको पार्दै थिए। उनी बाहिर जान हतार मानिरहेको झै देखिन्थ्यो। 
 
मैले प्रशंसालाई बाहिर जाने हो भनेर सोध्न पाएकै थिइन अगाँलोमा आइहालिन। मसँग बाहिर जान लागेकी उनले छेउछाउका सबै विरामी र तिनका आफ्नतलाई पनि विदा मागिन र हात हल्लाएर घर जान लागेको जनाउ दिइन। इमर्जेन्सी वार्ड हुँदै बाहिर निस्कन लाग्दा उनलाई एकजना उनी भन्दा सानो भाइले पनि वाइ गरे। ल दीदीलाई वाइ गर भन्दै उनको आमाले ति भाइलाई भनेपछि उनले दिदीलाई वाइ गरे। भाइलाई उनले पनि गरिन।  
 
देब्रे निधारमा लागेको गहिरो घाउ, सडकमा अनुहार दरालिदा खाटा बस्नै लागेको घाउ र टाउकोको देब्रेतर्फ चिरिएर बनेको घाउको पीडा उनको कम भएको थियो। विस्तारै ति घाउहरुमा खाटा पनि लाग्छनै। अझै प्रशंसालाई आमाको बारेमा धेरै बताइएको छैन। विस्तारै बुझ्छे भनेर अहिले सानो मष्तिष्कमा धेरै पीडा दिन परिवारले पनि चाहेको छैन। त्यसैले प्रशंसा सहित दुबै छोरीको लागि बाबा नरहरी पनि केहि गर्न खोजिरहेछन। उनको पनि खुट्टाले टेक्न मिल्ने भएको छ। 
 
नियतीले बाबा र आमाको दोहोरो भुमिकामा पुगेका नरहरीले छोरीको स्वास्थ्यकोसँगै अबको दिनमा शिक्षाको पनि ध्यान दिनु छ। छोरी ठूलो हुँदा उसको अनुहारमा देखिएका दाग नहोस भन्ने चाहना पनि छ। मुहारको दाग घटेको छ। निधारकव घाउको खाटा के हुने हो डाक्टरले पनि केहि भन्न सकेका छैनन। उनले छोरी ठूली हुँदा उसको अनुहारको दाग उसको प्रगतीको वाधक नहोस भन्ने कामना राखेका छन्। हाम्रो पनि उनको कामना पुरा होस भन्ने छ। अनि अब दुई छोरीको शिक्षामा पूर्ण मनका साथ लाग्ने उनको कामना पुरा भएको हेर्न मन पनि छ। अस्पतालबाट हास्दै फर्किएकी प्रशंसाको अनुहारमा कहिल्यै आँसु नदेखियोस। 
 
नर्भिक अस्पतालबाट डिस्चार्ज हुनुअघी नरहरीका बाबु छोरीलाई भेट्न गएका नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ