arrow

कमल थापाको प्रष्टिकरण: राप्रपा सत्ता केन्द्रित फोहोरी खेलमा छैन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
kamal-thapa-new.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा सत्ता केन्द्रित फोहोरी खेलमा नभएको स्पष्ट पारेका छन् । 

सोमबार विहान केही संचारमाध्यममा अध्यक्ष थापा र प्रधानमन्त्री केपी शर्माबीच सरकारमा सहभागी हुने विषयमा छलफल र वार्ता अघि बढेको खबर सार्वजनिक भएपछि थापाले स्पष्ट पार्न खोजेका हुन् ।

थापाले सामाजिक संजालमा भनेका छन्, ‘विगतका त्रुटि कमजोरी सच्याएर नीति र बिचार केन्द्रित राजनीति वर्तमान समयमा राप्रपाको मुख्य प्रथमिकता र ध्येय रहेको जनाउँदै राप्रपालाई वैकल्पिक शक्ति बनाउन हाल कायम निस्क्रियताको महारोगबाट मुक्तहुने हाम्रो चाहना हो ।’

उनले लेखेका छन्, कतिपल्ट र कहॅाबाट भन्नुपर्छ ? राप्रपा सत्ताकेन्द्रित फोहरी खेलमा छैन, छैन, छैन। विगतका त्रुटि कमजोरी सच्याएर नीति र बिचार केन्द्रित राजनीति वर्तमान समयमा राप्रपाको मुख्य प्रथमिकता र ध्येय हो। राप्रपालाई वैकल्पिक शक्ति बनाउन हाल कायम निस्क्रियताको महारोगबाट मुक्तहुने हाम्रो चाहना हो ।’

तीन अध्यक्ष रहेको राप्रपामा प्रधानमन्त्री ओलीबाट भएको प्रतिनिधिसभा विघटन र सरकारलाई हेर्ने दृष्टिकोणमा प्रष्ट दुई धार देखिएको छ ।

थापा एकातिर अर्थात ओलीका कदमहरुको पक्षमा र अध्यक्षद्वय डा.प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा विपक्षमा उभिएका छन् । यसैबीच थापा सरकारमा सहभागी हुने मुडमा रहेको समाचारहरु बाहिरिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ