arrow

मन्त्रीले आफ्नो क्षेत्रमा बजेट सीमित गरेको सांसद्को गुनासो

logo
प्रकाशित २०७३ असार १९ आइतबार
Samsad-bhawan2.jpg.jpeg
काठमाडौँ। विभिन्न पार्टीका सांसद्ले मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट केन्द्रित गरेको गुनासो गरेका छन् । आज ‘विनियोजन विधेयक, २०७३’ को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनिहरुले सरकारले ल्याएको बजेट लोकप्रिय भए पनि सन्तुलित नभएको गुनासो गरे । 
 
उनिहरुले पूर्वाधार विकास कोषमा प्रत्यक्ष र समानुपातिक सांसद्लाई फरक फरक व्यवहार गरिएको, राष्ट्रिय योजना आयोगले तोकेको सीमाभन्दा बढी आकारको बजेट आएको तथा विगतका कतिपय क्रमागत योजनालाई हटाइएको गुनासो गरे । 
 
यस्तै कर्णालीको यातायात पूर्वाधारका लागि बजेट कम भएको, दुर्गमका महिला, बालबालिकालाई सहरमा ल्याएर पढाउने नाममा बेचबिखन गर्ने गरेको सांसद्ले गुनासो गरे । 
 
आज ‘विनियोजन विधेयक, २०७३’ को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत आपूर्ति, ऊर्जा, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा समाज कल्याण, रक्षा, परराष्ट्र, सङ्घीय मामिला तथा स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपति एवम् उपराष्ट्रपतिको कार्यालयका शीर्षकमाथि छलफल भयो । यी मन्त्रालयमाथिका छलफल तीन दिनसम्म चल्नेछ । 
 
यही असार २२ गते पछिका बैठकमा सांसद्हरुले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम चल्नेछ । संसद्को अर्को बैठक यही असार २० गते बिहान ११ बजे बस्नेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ