arrow

बग्दाद आक्रमण : मृत्यु हुनेको संख्या १ सय २५

logo
प्रकाशित २०७३ असार १९ आइतबार
is-iraq-new.jpg.jpeg
एजेन्सी । इराकको राजधानी बग्दादमा स्लामिक स्टेट आइएसले गराएको शक्तिशाली बम विष्फोटमा परी मृत्यु हुनेको संख्या एक सय २५ पुगेको छ । 
 
विष्फोटमा परी थुप्रै घाइते भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । चरमपन्थी संगठन स्लामिक स्टेट आइएसले करादा क्षेत्रमा एक रेष्टुरेन्ट नजिकै कार बम विष्फोट गराएको जिम्मेवारी लिएको छ । 
 
त्यहाँको एक व्यस्त सडकमा रमजानका लासग साँझ पख किनमेल गर्नेको भीड लागेको थियो । दोस्रो विष्फोट राजधानी बग्दादको उत्तर पश्चिम शिया बहुल क्षेत्रमा भएको हो । यो आक्रमण इराकी सेनाले फलुजा सहर आइएसबाट मुक्त गरेको एक हप्ता पछि भएको हो । पछिल्लो समय आइएसले रेष्टुरेन्टलाई निसाना बनाउँदै आएको छ । 
 
इराकको उत्तर र पश्चिमी क्षेत्रमा आइसएको कब्जा कायमै छ । जसमा इराकको सबैभन्दो ठूलो सशर मोसूल समेत रहेको छ । इराकलाई छिमेकी देश सिरियाले निकै दबाब सिर्जना गरेको छ । शनिबार मात्रै बंगलादेशमा आइएसले कुरान पढ्न नसक्ने २० विदेशी नागरिकको निर्ममतापूर्वक हत्या गरेको थियो । कुरानका श्लोक पढ्न सक्नेलाई भने उनीहरुले छाडेका अन्तर्राष्ट्रि संचारमाध्यमले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ