arrow

एनआरएनए अमेरिकाका अध्यक्ष डा पौडेल सहितका पदाधिकारीहरुद्धारा सगुनमा लगानी

logo
प्रकाशित २०७३ असार १९ आइतबार
Dr.-Kashab-Paudel.jpg.jpeg
वासिङ्टन डीसी। सामाजिक सञ्जाल सगुनले अधिकृत लगानीकर्ताहरुसँग लगानीका लागि गरेको आह्वानको १२ घण्टामा भित्रमा राम्रो शुरुवात भएको कम्पनिले जनाएको छ। वासिङ्टन डीसीमा मुख्यालय भएको तथा गैर आवासीय नेपालीहरुको लगानीमा सञ्चालित सगुनले हालै अधिकृत लगानीकर्ताहरुसँग कम्तीमा पाँच हजार डलर लगानी गरी सगुनमा आफ्नो स्वामित्व कायम गर्नको लागि आह्वान गरेको थियो। 
 
गैरआवासिय नेपालीहरुको अमेरिकास्थित संस्था एनआरएन अमेरिकाका पदाधिकारीहरु र त्यसका सदस्यहरुले सगुनमा लगानी गरेका छन्। अमेरिकामा रहेका नेपाली संस्थाहरुको एटलान्टा, जर्जियामा भैरहेको साधारण सभामा भाग लिन आउनुभएका एन्आरएन्ए अमेरिकाका अध्यक्ष डा केशव पौडेलले सगुनमा लगानीको घोषणा गर्दै भने, “सगुनको सुरुवाती चरणमा नै लगानी गर्ने अवसर पाउँदा म आफूलाई भाग्यमानी ठान्छु। सगुनले सामाजिक सञ्जालको क्षेत्रमा ठूलो सफलता हासिल गर्नेमा म आशावादी छु।” उनले थपे, “एन्आरएन्‌हरु संस्थापक रहेको सगुन एकदमै महत्वाकांक्षी परियोजना हो। 
 
सामाजिक क्षेत्रमा क्रान्ति ल्याउने लक्ष्य हासिल गर्नको लागि यसका संस्थापकहरुको मेहनत तथा लगावबाट अत्यन्तै प्रभावित भएको छु। यसको सफलताबाट एक दिन हरेक नेपालीले गर्वको महसुस गर्न सक्नेछन्। एन्आरएनएको लक्ष्य भनेको नेपाली उद्यमीहरुलाई सहयोग तथा प्रोत्साहित गर्ने हो जसले हाम्रो अमेरिकामा रहेको नेपाली समुदाय तथा नेपालमा रहेका नेपालीहरुको लागि आर्थिक अवसरको सिर्जना गर्दछ। एन्आरएनए अमेरिकाका सदस्यहरुको नाताले हामीले सगुनलाई उसको सपना पूरा गर्नको लागि आवश्यक स्रोत उपलब्ध गराउने निर्णय गरेका छौं।”
 
सगुन प्रयोगकर्ताहरुलाई जोड्न, उनीहरुले चाहेको कुरा अरुसँग सेयर गर्न तथा पैसा कमाउनको लागि अवसर प्रदान गर्ने एक विशिष्ट किसिमको सामाजिक मञ्च हो। हाल यस कम्पनीले संसारभरका अधिकृत लगानीकर्ताहरुबाट रकम जम्मा गरिरहेको छ जुन अभियान बैंकरोल भेन्चर (http://www.bankroll.ventures/deal/sagoon/) मा सफलतापूर्वक सञ्चालन भैरहेको छ। 
 
एनआरएन अमेरिकाका उपाध्यक्ष रामचन्द्र पोखरेलले शनिवार सगुनमा लगानी गर्दै भने, ' सबै नेपालीलाई गौरवान्वित बनाउने नेपालीहरुको पहिलो विश्वव्यापी परियोजनालाई हामी सबैले समर्थन जनाउनुपर्छ।'  
 
सगुनका संस्थापक गोविन्द गिरीको जन्म पूर्वी नेपालको दुर्गम गाउँमा भएको थियो र त्यही ठाउँमा उहाँ हुर्कनु भएको थियो। उहाँले २५ वर्षअगाडि अमेरिकामा विद्यार्थीको रुपमा आएका थिए। उनी भन्छन्, “म हाम्रो उद्देश्यमा विश्वास गर्ने तथा हामीलाई अगाडि बढ्न प्रोत्साहित गरिरहने एन्आरएन्‌हरुको सहयोग पाउँदा खुसी छु। हामी एन्आरएन्‌ अमेरिकाका सदस्यहरुलाई उहाँहरुको निसर्त सहयोगप्रति आभार व्यक्त गर्न चाहन्छौं र हामीले आफ्नो लक्ष्य हासिल नगरिञ्जेल उहाँहरुको सहयोग तथा प्रोत्साहन जारी रहनेमा आशावादी छौं।”
 
सेयर बिक्रीबाट आएको पूँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषताहरु बढाउँदै जाने र मोबाइल एप्पको सुरुवात गरिनेछ। सगुनको लगानीको बारेमा थप जानकारी लिनको लागि www.Banakroll.ventures/sagoon मा जान सकिनेछ। थप जानकारी www.sagoon.com/invest  मा पनि उपलब्ध छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ