- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशीले लादेका एजेण्डा भएको बताएका छन् ।
बुधबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै सिक्किमका लेण्डुप दोर्जेसँग तुलता गर्दै उनले नेपालको व्यवस्थाप्रति प्रश्न उठाएका हुन् ।
उनले लेखेका छन्, ‘लेण्डुप दोर्जेले पनि प्रजातन्त्रको निम्ति सिक्किमका जनताले राजा हटाएको दावि गर्थे। ‘रअ’ले उचालेर आफूहरूले सो काम गरेको सत्य मृत्युशैयामा रहॅदा मात्र उनले पश्चातापसहित स्विकार गरे। नेपालमा गणतन्त्र,संघियता र धर्मनिरपेक्षता बिदेशीले लादेका एजेण्डा हुन्। विस्तारै रहस्योद्घाटन हुंदैछ ।’
पछिल्लो राजनीतिक घट्नाक्रमबारे उनले चुनाव संकट समाधानको उपयुक्त विकल्प भएको औंल्याउँदै आएका छन् । साथै राजसंस्थाको पक्षमा वकालत गर्दै आएका थापाले राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनाको मुद्दा उठाउने गरेका छन् ।