arrow

नेपालगंजमा फोटो फेष्टिबल

logo
प्रकाशित २०७३ असार १९ आइतबार
photo-nepalgunj.jpg.jpeg
नेपालगन्ज। नेपालगंज फोटो फेस्टिबल आईतबार बाट नेपालगंजको होटल किचन हटमा शुरु भएकोछ । पुरावेदनअदालत नेपालगन्जमा मुख्य न्यायाधिस बमकुमार श्रेष्ठले यस अन्र्तगत आयोजना गरीएको फोटो प्रर्दशनीको सर्वोत्कृष्ठ फोटोको खिचेर गर्नुभएको थियो । 
 
मध्य तथा सूदुर पश्चिमाञ्चलक क्षेत्रको , पर्यटन, दैनिक जनजिवन, समाचार , खेलकुद तथा प्रकृतिका  फोटो प्रतियोगिताबाट उकृष्ठ छानिएका फोटोहरु प्रदर्शनी आईतबारबाट नेपालगन्जमा सुरु भएको हो । प्रदर्शनीमा दैनिकजिवन, समाचार, खेलकुद, बन्यजन्तु तथाप्रकृतिविधाका १ सय ५ वटा फोटोहरु समावेश गरिएका छन् । मध्यतथा सूदुर पश्चिमाञ्चल क्षेत्रमाखिचिएका तस्वीरहरुबाट रुकुमका मैत्य घर्तीमगरले खिचेको फोटो सर्वोत्कृष्ठ फोटो घोषणा भएको छ । 
 
यसैगरी ग्राण्ड डिजाइन बन्यजस्तु तथा प्रकृति विधामा बिशाल रानामगर, नमस्ते नेपाल समाचार विधामा निर्मल नेपाली, रामदुत खेल विधामा अबिनाश चौधरी, सुपर भिजन दैनिक जिवन बिधामा , कुलदेब न्यौपाने मेघराज खड्का,  डिभोटी पर्यटन बिधामा कुलदेब न्यौपाने को फोटोले उत्कृष्ट पुरस्कार हासिल गरेको छ । सोमबार सम्म चल्ने फोटो प्रदर्शनीको दोस्रो दिन फोटोग्राफी सम्बन्धी आधारभूत तालिम तथा अन्तक्रिया रहेको  आयोजक अन्तराल मिडियाका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए । 
 
फोटो पत्रकार ल्कबको सहकार्यमा आयोजित नेपालगन्ज फोटो फेष्टिबलको पहिलो दिन ५०० भन्दा बढीले सहभागीता जानाएको तालिम तथा अन्तक्रियाको सहजीकरण फोटो पत्रकार क्लवका अध्यक्ष विकास कार्कीले सहजीकरण गर्ने अन्तरालले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ