arrow

आईसल्याण्डको सुखद यात्रामा बिराम, फ्रान्स सेमीफाईनलमा

logo
प्रकाशित २०७३ असार २० सोमबार
Euro_ISL_FRA.JPG.jpeg
काठमाडौं। फ्रान्ससँग ५-२ गोलले पराजित हुँदै आईसल्याण्डको सुखद यात्राको अन्त भएको छ। पहिलो पटक युरो २०१६मा सहभागी टोली आईसल्याण्डको क्वार्टरफाईनलसम्मको यात्रा सुखद रहेको थियो। 
 
फ्रान्सकालागि ओलिभर जिराउले १३ र ५९औं मिनेटमा गोल गरेका थिए भने पउल पोग्बा, डिमिट्रि पाएट र एन्टोनी ग्रिजम्यानले १-१ गोल गरेका थिए। 
 
आईसल्याण्डका तर्फबाट कोलबिन सिथोर्सन र बिरकिर जार्नासोनले १-१ गोल गरेक थिए। खेलको शुरुमा फ्रान्सको दबदबा रहेको खेलमा आईसल्याण्डले दोस्रो हाफमा केही लय समातेको थियो तर प्रतियोगिताभरि देखिएको लय भने फ्रान्ससँगको खेलमा देख्न पाईएको थिएन्। 
 
समुह चरणमा पोर्चुगल र हंगेरीसँग बराबरी खेलेको आइसल्याण्ड अष्टरियासँग २-१ले बिजयी रहेको थियो।समुहमा दोस्रो भएर राउण्ड अफ सिक्सटिनको यात्रा तय गरेको टोलीले ईङल्याण्डलाई हराउँदै क्वार्टरफाईलको यात्रा तय गरेको थियो। 
 
थोरै जनसंख्या रहेको सानो देशको ठुलो प्रतियोगितामा पाएको सफलताको विश्वभर चर्चा भैरहेको छ। छनौट चरणमा हल्याण्डलाई पराजित गरेर आएको टोलीले सम्झना लायक खेलहरुको प्रदर्शन गरेको छ। धेरै लामो समयसम्म आईसल्याण्डको प्रदर्शनलाई  विश्वले सम्झिरहने छ।
 
यो खेलसँगै क्वार्टरफाईनलको समिकरण सकिएको छ। सेमीफाईनलमा पोर्चुगल र वेल्स एवं फ्रान्स र जर्मनी आमने सामने हुनेछन्। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ