arrow

इजीपी बैठक आजदेखि काठमाडौंमा, नेपाल–भारत सम्बन्ध नयाँ आयामतर्फ

logo
प्रकाशित २०७३ असार २० सोमबार
nepal-india.jpg.jpeg
काठमाडौं । नेपाल र भारतका आधिकारिक प्रतिनिधिबीच आजदेखि दुई देशीय सम्बन्धबारे खुलेर बहस हुँदैछ । काठमाडौंमा हुने दुई दिने बैठकबाट नेपाल भारत सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । नेपाल र भारतबीच सन् १९५० को सन्धिलगायतका सबै विषयमाथि अध्ययन गरी प्रतिवेदन दिन गठित प्रबुद्ध व्यक्ति समूह (इजीपी) को पहिलो बैठक काठमाडौंमा हुन लागेको हो ।
नेपाल र भारतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्षपछि पहिलोपटक सम्बन्धबारे बहस हुन लागेको हो । नेपालले सन् १९४७ जुन १३ तारिखका दिन भारतसंग कुटनीतिक सम्बन्ध जोडेको थियो । यसअघि नेपालले अमेरिका र बेलायतसंगमात्र कुटनीतिक सम्बन्ध राखेको थियो । 
इजीपीका सदस्यहरुले यस दुई दिने बैठकलाई नेपाल भारत सम्बन्धको नयाँ अध्यायको संज्ञा दिएका छन् । भारतले नेपालको नयाँ संविधानप्रति खुलेर असन्तुष्टि जनाएसंगै दुई देशबीच तिक्तता बढ्दा इजीपीको पहिलो बैठक कहिले बस्ने भन्ने अन्योल थियो । नेपाल सरकारले गत वर्ष माघ १४ गते इजीपी गठन गरेको थियो ।
भारतले भने फागुन ८ गतेमात्र आफ्नोतर्फका इजीपी तोकेको थियो । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएका बेला इजीपीको पहिलो बैठक नेपालमा बस्ने सहमति भए पनि चार महिनाबढी ढिला गरी बैठक बस्दै गरेको हो । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ