arrow

सुदूरपश्चिममा कोरोना संक्रमणदर देशकै कम, ४७ प्रतिशतबाट १८ प्रतिशतमा झर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
sudurpashchim-corona-1619919718.jpg

काठमाडौँ । सातै प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम संक्रमणदर देखिएको छ। पछिल्ला ४ साताको तथ्याङ्क हेर्दा सुदूरपश्चिममा ४७ प्रतिशत पुगेको संक्रमणदर १८ प्रतिशतमा झरेको छ।

यो साता अर्थात् जेठ २१ देखि २७ गतेसम्म ७ दिनमा सुदूरपश्चिममा ५ हजार ६ सय ५७ जनाको नमुना परीक्षण गरिएको छ। यीमध्ये १ हजार ४७ जनामा सङ्क्रमण पुष्टि भएको छ। जुन कुल परीक्षणको १८.५० प्रतिशत हो।

यस्तै गत साता अर्थात् जेठ १४ देखि २० गते ७ दिनको अवधिमा सुदूरपश्चिममा ७ हजार ३ सय ७६ जनाको नमुना परीक्षण गरिएको छ। यीमध्ये १ हजार ८ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ। यो कुल परीक्षणको २५.२५ प्रतिशत हो।

यस्तै दुई साता अघि अर्थात् गत जेठ ७ गतेदेखि जेठ १४ गतेसम्म सुदूरपश्चिममा ९ हजार ७ सय ४२ जनाको नमुना परीक्षण गरिएको थियो। तीमध्ये ३हजार ५ सय ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो। यो कुल परीक्षणको ३६.८५ प्रतिशत हो।

यस्तै तीन साता अघि अर्थात् गत वैशाख ३१ देखि जेठ ६ गतेसम्म सुदूरपश्चिममा ९ हजार ४ सय ९२ जनाको नमुना परीक्षण गरिएको थियो। तीमध्ये ४ हजार ५ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको थियो। यो कुल परीक्षणको ४७.७० प्रतिशत हो।

यसरी चार साताको तथ्याङ्क नियाल्दा सुदूरपश्चिममा ४७ प्रतिशत संक्रमणदर घटेर १८ प्रतिशत पुगेको हो।

सुदूरपश्चिममा संक्रमणदर अन्य ६ प्रदेश भन्दा पनि कम रहेको छ। यो साता प्रदेश १ मा ४० प्रतिशत, प्रदेश २ मा २५ प्रतिशत, प्रदेश वाग्मती प्रदेशमा ३२ प्रतिशत, लुम्बिनीमा २४ प्रतिशत र कर्णालीमा ५४ प्रतिशत रहेको छ।

यद्यपि, ५ प्रतिशत भन्दा कम नहुँदासम्म जोखिम कायम रहने भएका कारण सबैले सावधानी अपनाउन भने जरुरी देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ