arrow

ग्ल्यामर प्रशिक्षक मौरिन्हो म्यानचेष्टर युनाइटेड पुगे

logo
प्रकाशित २०७३ असार २० सोमबार
Mourinho.jpg.jpeg
ओल्ड ट्राफर्ड । विश्वकै सर्वाधिक ग्ल्यामरमा नाम कहलिएका फुटबल प्रशिक्षक होजे मौरिन्हो इङ्लिश प्रिमियर लिगको नयाँ सिजनका लागि ओल्ड ट्राफर्ड पुगेका छन् । यसअघिको सिजनमा इङ्लिश क्लव चेल्सीले खराव प्रदर्शन गरेसंगै मौरिन्हो टिमबाट हटाइएका थिए । यसपटक फेरि अर्को इङ्लिश क्लव म्यानचेष्टर युनाइटेड सम्हाल्दै गर्दा उनका अगाडि धेरै चुनौती खडा भएका छन् । 
 
म्यानचेष्टर युनाइटेड पहिलेजस्तै सशक्त नभएका कारण पनि मौरिन्होलाई चुनौती छ । त्यसो त लिगको इतिहासमा सबैभन्दा सफल टिम म्यानचेष्टर युनाइटेड नै हो । मौरिन्होले ओल्ड ट्राफर्ड पुग्नुअघि आफ्नो बिदा दक्षिण एसियाली मुलुक माल्दिभ्समा मनाएका थिए । उनी आफ्नो घर लण्डनबाट सोमबार बिहानमात्र म्यानचेष्टर पुगेका हुन् ।
 
ओल्ड ट्राफर्डको मैदानमा छिरेर भने मौरिन्होले मंगलबारमात्र आफ्नो काम थाल्नेछन् । मौरिन्हो म्यानचेष्टर युनाइटेड पुग्नुअघि नै क्लवले तीन जना खेलाडीलाई क्लवमा भित्र्याइसकेको छ । ज्लाटान इब्राहिमोभिच, हेन्रिक खितार्यान र एरिल बेलीलाई भित्र्याएपछि म्यानचेष्टर युनाइटेड केही सन्तुलित भएको अपेक्षा गरिएको छ । 
 
मौरिन्हो निकै मेहनती छन् । त्योभन्दा बढी नाटक खेलका क्रममा गर्छन् । आफ्ना खेलाडीलाई जोस्याउँछन् । विपक्षी टिमका खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा समर्थकलाई सन्क्याउँछन् । उनको ग्ल्यामर नै यही हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ