arrow

अमेरिकी स्वतन्त्रा दिवसका दिन दुतावास नजिक आत्मघाती विष्फोट

logo
प्रकाशित २०७३ असार २० सोमबार
saudi-arab.jpg.jpeg
जेद्दाह । साउदी अरेबियाको जेद्दाह नजिक अमेरिकी दुतावास नजिक भएको आत्मघाती विष्फोटमा आत्मघाती आफै मरेको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार सो विष्फोटमा परी दुई सुरक्षाकर्मी घाइते भएका छन् ।
 
अमेरिकी कुटनीतिक नियोगका पदाधिकारीमाथि आक्रमण गर्नैै लाग्दा रोक्ने क्रममा दुई सुरक्षाकर्मी घाइते भएका हुन् । 
 
अमेरिकाले हरेक जुलाइ ४ तारिखमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । सोही अवसरलाई असर पार्न बिहानै आक्रमण गरिएको हुनसक्ने जनाइएको छ । 
 
आक्रमणकारीले आत्मघाती आक्रमण गरेको स्थलमा अन्य देशका दुतावासका साथै कुटनीतिक नियोगका कार्यालयहरु रहेका छन् । आक्रमणकारी कुन देशको हो र को हो भन्ने अझै पत्तो लागेको छैन ।
 
आक्रमणको जिम्मासमेत कसैले लिएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ