arrow

थाई राजा भूमिबोलको मस्तिष्कबाट पानी निकालियो

logo
प्रकाशित २०७३ असार २० सोमबार
bhumibol.jpg.jpeg
बैंकक (थाइल्यान्ड) । थाइल्यान्डका वयोवृद्ध राजा भूमिबोल अदुल्यादेजको मस्तिष्कमा जम्मा भएको पानी शल्यक्रिया गरी निकालिएको थाइ दरबार स्रोतले आइतबार बताएको छ । भूमिबोलको मस्तिष्कमा पानी जम्मा भएपछि उनको स्वास्थ्यस्थितिप्रति सार्वजनिक वृतमा विशेष चासोका साथ चर्चा भएको थियो । 
 
अठासी वर्षीय राजा बुढ्यौली र रोगका कारण पछिल्लो समय ह्वीलचियरको सहयोगमा हिँड्ने गर्छन्। पछिल्लो समयमा उनको स्वास्थ्यस्थितिप्रति सार्वजनिक रुपमा चासो व्यक्त गर्न थालिएपछि दरबारले उनको स्वास्थ्य स्थितिबारे पछिल्ला महिनामा नियमित जानकारी दिन थालेको हो । 
 
उनले करिब सात दशकदेखि थाइल्यान्डका राजाका रुपमा शासन गर्दै आएका छन् । वर्तमान समयमा धेरैजसो थाई नागरिकलाई भूमिबोल बाहेक अन्य राजाका बारेमा थाहा नभएको बताइन्छ । थाई नरेशले पछिल्ला दुई वर्षका धेरैजसो दिन बैंककस्थित अस्पतालमा बिताएका छन् । 
 
उनि ब्याक्टेरियाको सङ्क्रमण कारण श्वासप्रश्वास, मुटु र मस्तिष्कमा पानी जम्ने समस्या भएपछि चिकित्सकको सल्लाहबमोजिम नियमित रुपमा उपचार गराइरहेका छन् । उनको जुन ३० मा लिएको टाउकोको एक्सरेमा मस्तिष्कमा पानी जमेको भेटिएपछि शनिबार पाइपको सहयोगमा पानीलाई बाहिर निकालिएको हो । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ