arrow

डोजर प्रयोग गरि सडक काट्दा बझाङंका दुई दर्जन गाँउ पहिरोको उच्च जोखिममा

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ असार २० सोमबार
landslide-3.gif.gif
बझाङ। सडक काट्न डोजर तथा स्काईभेटर प्रयोग गरे पछि बझाङ जिल्लाका अधिकासं गाँउहरु पहिरोको उच्च जोसिममा परेका छन्। गत बर्ष देखि जिल्लाका गाँउ गाँउमा  सडक काटन् डोजर प्रयोग गरे पछि बझाङका दुई दर्जन भन्दा बढी गाँउहरु पहिरोको संकटमा परेका हुन। 
 
सडक काट्न डोजर प्रयोग गर्नु पुर्व बाताबरण परिक्षण गरि काटनु पर्ने कानुनी प्रबधानको ब्यवास्ता गर्दै गाँउ-गाँउमा डोजर प्रयोग गरि सडक काटन् सुरु भएपछि यस्तो समस्या देखिन थालेको हो। एक दर्जन भन्दा बढी सडकहरुमा डोजर प्रयोग गरि सडक काटिदै छन्। चैनपुर दिपायल सडकमा डोजर प्रयोग गर्दा जिल्लाको आम बगर बस्तीका झण्डै ७ परिवार बिस्तापित हुने अबस्था श्रृजना भएको छ। तल बाट सेती नदीले कटान गर्दैछ ,माथी बाट पहिरो लागी सक्यो अब हामीहरुले कहाँ जाने स्थानिय एकेन्द्र भण्डारीले भने। भण्डारीले सडकले गाँउ मात्र नभएर सामुदायिक बनको समेत बिनास गरेको बताए। 
 
आमबगर जस्तै जिल्लाका अन्य गाँउहरु समेत पहिरोको जोखिममा परेका छन्। जडार थामलेक सडक अन्र्तरगत लामालेताको निमगाँउ ,माझीगाउको खत्रीबाडा, कालुखेतीको छात्रबस्टी बागथला मामचौर सडकमा समेत बगथला बजार लगाएतका चार बटा गाँउ हरु पहिरोको उच्च जोखिममा परेका छन्। डोजर प्रयोग बाट पारकाटने गाबिसको कुचगाँउ, चैनपुर तल्कोट समेत डोजर सडक खण्ड र चैनपुर मयान सडक, सुर्मा दौलिचौर सडकको तलमाथी पर्ने थुपै गाँउहरु पहिरोको उच्च संकटमा परेका छन्।  
 
डोजर प्रयोगका काराण पहिरो मात्र होईन माटो बगाएर थुप्रै उर्भर भुमी समेत पुरिएका छन् भने हिडने बाटो र जयपृथ्बी राजमार्गको केही ठाँउमा समेत असर परेको छ। जनता लाई छिटो गाडी चड्ने रहर भएकाले जिल्लामा डोजर आतंक नै चलेको छान्नाका स्थानिय बासी शिद्घराज खड्काले बताए। वहाँले भन्नु भयो डोजर प्रयोग पछि जिल्लामा सडक सञ्जाल बिस्तारमा ठूलो बिकास भएको छ यसमा कसैले बिरोध गर्नु हुदैन।
 
प्रयोग गर्नु पूर्व बाताबरण परिक्षण गरि काटनु पर्ने भन्दै जिल्लामा पटक पटक आलोचना हुने गरे पनि त्यस कार्यको ब्यवास्ता  गर्दै सडक निर्मााण गरि रहेका छन्। गाँउ-गाँउमा जाने ग्रमिण सडकहरुमा यसरी बिना मापदण्ड कुनै कुराको दिर्गकालिन असरलाई मध्य नजर नगरि साथै बिना सर्बे यसरी सडक निर्माण गरिरहदा थुपै बस्ती हरु अहिले संकटमा पर्ने अबस्था आएको छ। सडक निर्माण कै कारण तिन दर्जन भन्दा बढी सिचाई कूलाहरु खानेपानीका पाईपहरु समेत अबरुद्घ भएका छन्।  छान्ना सडक निर्माण समतिका अध्यक्ष अर्जुन थापाले हामी लाई छिटो बिकास चाहिएको बताउदै एक बर्षमै ११ किलो मिटर गाडी गुडेपछि जनतालाई ठूलो राहत भएको बताए। 
 
सडक निर्माण कार्य बाट बस्ती मात्रै जोखिममा परेका छैनन् धान गहु उत्पादन हुने मलिला जिउला समेत पुरिन थालेका छन्। साना साना खहरे खोलामा बर्षायमामा आउने बाढीले थुप्रै बस्तीहरुका साथै उर्भरभुमी समेत पुरिएका छन्। 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ