arrow

रोनाल्डोलाई बेलले भने -'अब चम्किने समय हाम्रो हो'

logo
प्रकाशित २०७३ असार २० सोमबार
EURO_POR_WAL.jpg.jpeg
एजेन्सी। क्वार्टरपाईनलमा उपाधी दावेदार बेल्जियमलाई ३-१ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको वेल्सको मनोबल उच्च रहेको छ। वेल्सका स्टार खेलाडी गारेथ बेलले आफ्नो टोलीलाई प्रोत्साहित गर्दै भनेका छन् -' अब समय हाम्रो हो, हामीले ईतिहास रचिसकेका छौ। बुधबारको सेमिफाइनल रोमाञ्चक हुनेछ'। 
 
प्रेससँग बोल्दै बेलले 'अब समय हाम्रो हो' भन्नुलाई रोनाल्डो तिर ईंगित गरेको रुपमा बुझिएको छ। रोनाल्डो भने प्रेससँग कुरा गर्न खासै रुची राक्दैनन्। 
 
समुह चरणमा ३ खेलमा २ खेलमा बिजयी र १ खेल पराजित भएको वेल्स समुह बिजेता हुँदै राउण्ड अफ सिक्सटिनमा पुगेको हो। उत्तरी आयरल्याण्डलाई राउण्ड अफ सिक्सटिनमा पराजित गरेको वेल्से ले क्वार्टरफाईनलाम बेल्जियमलाई पाखा लगाएको थियो। 
 
रियाल मड्रिडका आफ्ना साथी क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल बिरुद्धको सेमीफाईनल खेलमा जित्ने लक्ष्यकासाथ वेल्स अगाडी बढेको छ। 
 
ठुला प्रतियोगितामा राम्रो अनुभव रहेको पोर्चुगललाई पराजित गर्नु वेल्सका लागि गाह्रो हुनेछ तर पोर्चुगलको युरो २०१६मा गरेको प्रदर्शन त्यती सुखमय भने रहेको छैन्। प्रतियोगितामा पोर्चुगलले कुनै पनि खेल ९० मिनेटमा जितेको छैन्। 
 
'हामी सेमीफाईनल भन्दा अगाडी सोचिरहेका छैनौ, हामीले जे गरिरहेका छौं त्यसैलाई निरन्तरता दिने हो' बेलले भनेका छन्। 
 
पोर्चुगल पाँचौं पटक युरोको सेमिफाइनलमा प्रवेस गरेको हो। यसअघि सन् २००४को सेमिफाइनलमा नेदरल्याण्डलाई पराजित गर्दै फाईनल प्रवेश गरेको पोर्चुगलले बाँकी ३ सेमीफाइनलमा पराजय ब्योहोरेको छ। 
 
सेमिफाइनलको अगाडी रोनाल्डोले भनेकाछन् ' हाम्रो सपना नजिक छ तर जे पनि हुनसक्छ । म राष्ट्रिय टोलीबाट उपाधि जित्न चाहान्छु र हामी सही बाटोमा छौं'। 
 
युरो २०१६को पहिलो  सेमिफाइनललाई विश्वले क्रिष्टियानो रोनाल्डो र गारेथ बेलको भिडन्तका रुपमा हेर्ने छ तर बेल भन्छन् 'यो वेल्स र पोर्चुगल बिचको सेमिफाइनल हो, त्यो भन्दा बढि केही होईन।' 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ