arrow

जिल्लाभरीका पशु व्यवसायीहरु एकै ठाउँमा

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ असार २० सोमबार
rolpa-news.jpg.jpeg
रोल्पा ।  रोल्पाको लिबाङमा जिल्लाभरीका पशु व्यवसायीहरु एकै ठाउँमा जुटेका छन् । जिल्ला विकास समितिको कार्यालय लिबाङ रोल्पाले ग्लोबल एग्रो प्रोडक्ट प्राइभेट लिमिटेड चितवनको प्राविधिक सहयोगमा संचालन गरको अण्डा र मासु उत्पादन अभिमुखिकरण कार्यक्रममा किसानहरु एकै ठाउँमा भेला भएका हुन् । 
 
जिल्लाभरीका पशु व्यवसायीहरुलाई कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको जिल्ला पशु सेवा कार्यालय रोल्पाका पशु चिकित्सक निमबहादुर सिंहले जानकारी दिए  । कार्यक्रममा कुखुरा पालन व्यवसायको व्यवस्थापनको पक्षमा ध्यानदिनु पर्ने विषयहरुमा  ह्यारी निर्देशक एवम् संचालक रामकुमार चौहानले जानकारी गराउने र कुखुरामा लाग्ने प्रमुख रोगहरु एवं रोकथामका विषयमा डा. विकास पुरीले जानकारी गराउने कार्यक्रम छ । 
 
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले तालिम पश्चात जिल्ला कुखुराको मासु र अण्डामा आत्म निर्भर बन्दै जाने कुरामा जोड दिए । यस्तै स्थानीय विकास अधिकारी सुशील बैद्यले यो छलफलबाट निस्केको निष्कर्ष र छलफलका विषयमा पुनः जिविस रोल्पामा छलफल गरी कृषकका माग र चाहना अनुसार कार्यक्रम अगाडि बढाउदै जाने जानकारी गराए । 
 
कार्यक्रममा ग्लोबल एग्रो प्रोडक्ट प्राइभेट लिमिटेड चितवनका बजार निर्देशक कमल पौडेल, प्रकाश भण्डारी लगायत विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरु समेत उपस्थित भए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ