arrow

नेपाली टोलीले बेलायतमा टि–ट्वेन्टी र मैत्रीपूर्ण क्रिकेट खेल्ने

logo
प्रकाशित २०७३ असार २० सोमबार
cricket-nep-nam-11.jpg.jpeg
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलका लागि बेलायत भ्रमणमा जाने भएको छ । नेदरल्याण्डससंगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहको नेपाली टोली अभ्यासका लागि बेलायत जान लागेको हो । 
 
घरेलु मैदानमा अभ्यासरत टोली अभ्यस्त बन्न बेलायत जान लागेको नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले हाम्राकुरालाई बताए । उनले भने, ‘टोली आउँदो जुलाई ११ अर्थात् २७ गते बेलायत जाने र ३० गते टि–ट्वेन्टी क्रिकेट खेल्ने छ । विचमा एक दिन रेष्ट गर्दै टोलीले १९ जुलाई अर्थात् साउन ४ सम्म स्थानीय क्लबहरुसंग मैत्रीपूर्ण खेलहरु खेल्ने छ ।’ बेलायत भ्रमण सक्काएर स्वदेश फर्किएपछि नेपाली टोलीले नेदरल्याण्डस संग च्याम्पियनसिप खेल्ने छ । 
 
आन्तरिक विवादमा फसेको नेपाल त्रिकेटसंघ निलम्बनमा परेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले आफै अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यवस्थापन गर्दै आएको छ । गएको विहिबार मात्रै आइसीसीले नेपाल क्रिकेटसंगको निलम्बन अनुमोदन गरेको थियो । 
 
पारसको कप्तानीमा १५ सदस्यीय टोली घोषणा 
आइसीसी प्रतिनिधि बेन्केटापथी राजु, नेपाली टोलीका मुख्य प्रशिक्षक टमाटा र कप्तान पारस खड्का सम्मिलित तीन सदस्यीय छनोट समितिले बेलायतमा खेल्ने अभ्यास खेलका लागि सोमबार १५ टाेली घोषणा  गरेको छ । 
 
टोलीको कप्तानी पारसले गर्ने छन् । यस्तै टाेलीमा ज्ञानेन्द्र मल्ल उपकप्तान छन् । टोलीमा शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारीलाई छन् । 
 
यसैगरी सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दिप लामिछाने, विक्रम सोव, राजु रिजाल र राजेश पुलामी मगर टोलीमा अटाएका छन् । नेपाली टोलीले आगामी साउन चार गते बेलायतको मेरिलोन क्रिकेट क्लब एमसीसीसँग खेल्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ