arrow

विद्युतीय शवदाह गृह बुधबारसम्म सञ्चालनमा आउने

logo
प्रकाशित २०७३ असार २० सोमबार
sab.jpg.jpeg
काठमाडौँ । एक हप्ताअघिदेखि बिग्रेको विद्युतीय शवदाह गृह बुधबारसम्म सञ्चालनमा आउने भएको छ । असार १३ गते सोमबारको अविरल वर्षाले चावहिल, गौशालाको ढल विद्युतीय शवदाह यन्त्रको पम्पमा जमेपछि यन्त्र बन्द भएको थियो । पम्पमा जमेको ढल निकाल्न आज खानेपानी तथा ढल निकास विभागबाट जेट मेसिन ल्याएर सफा गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिए । 
 
“पम्प सफा गरेर सकेसम्म मङ्गलबार नसके बुधबार विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइनेछ, यन्त्रमा समस्या छैन अविरल वर्षासँगै आएको बाढी र ढलले पम्पमा आएको समस्या समाधानमा लागेका छौँ” – उनले भने । 
 
विसं २०७२ माघ १० गतेदेखि नेपालमै पहिलो शवदाह गृह सञ्चालनमा आएको थियो । यन्त्र सञ्चालनमा आएदेखि हालसम्म एक हजार ८०० शवदाह गरिएको कोषले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ