arrow

लादिएको उँट र धनवान् व्यक्ति

पाप पुण्य दुवै बन्धन

logo
ज्ञान,
प्रकाशित २०७८ जेठ ३१ सोमबार
god-human.jpg

काठमाडौँ । हजरत ईसा भन्छन् एक गरिब मानिस स्वर्ग भित्र सिधै प्रवेश गर्न सक्छ तर एक धनवान् व्यक्ति स्वर्ग भित्र प्रवेश गर्न सक्दैन । उनको समयमा एक ढोका यसरी बनाइएको थियो कि जुन उँट खाली हुन्थ्यो त्यो त्यस ढोकाबाट निस्कन सक्थ्यो ।  तर जुन उँटमा सामान लादिएको हुन्थ्यो त्यो त्यसै ढोकामा रोकिन्थ्यो ।  त्यस ढोकालाई सुइँको आँखा भनियो ।  

हजरत सम्झाउँछन् त्यो स्वर्गको ढोका त्यस सुइँको आँखा समान छ जसमा गरिब मानिस जो खाली उँटको समान हो त्यसबाट निस्कन सक्छ। तर धनी मानिस लादिएको उँट समान त्यस ढोकामा अड्किन्छ । आफ्नो अहङ्कारको बोझको कारण अघि बढ्न सक्दैन । ईश्वरको साम्राज्यमा प्रवेश गर्न सक्दैन । त्यसैले भनियो - जब आफ्नो शिर झुकाउने छौ, आफ्नो अभिमान मेटाएर आत्मसमर्पण गर्नेछौ तब प्रेमको, ज्ञानको, परमात्माको घरमा प्रवेश गर्न सक्नेछौ अन्यथा सक्नेछैनौ । 

हाम्रा शास्त्रकारहरूले भनेका छन् दान पनि बन्धनको कारण हो । जस्तै कुनै मानिसले जुन चीजको दान गर्छ त्यस वैभवको ती भौतिक वस्तुहरूको उसमा अभिमान हुन्छ । उसमा रहेको त्यस अभिमानलाई मेटाउन भजन जरुरी छ। किनभने सबै कुरा गरेपछि पनि हामीलाई अभिमान भए हाम्रो पतन हुनेछ।
 
त्यसो त पाप पुण्य दुवैलाई बन्धनको कारण बताइएको छ। यो उपमा दिइएको छ कि पुण्य सुनको हतकडी हो भने पाप फलामको हतकडी हो। दुवै बन्धनको कारण हो। यस कारण ठूलाठूला पुण्य गरेपछि अनेकौँ अनेक सिद्धी प्राप्त गरेपछि पनि रावण जस्ता महाविद्वानलाई अभिमान भयो। उनी भित्र ईर्ष्या, द्वेष बढ्यो । जस कारण उनको पतन भयो । 

यस कारण जबसम्म हामी आफ्नो अभिमान समाप्त गर्दैनौ तबसम्म हामी त्यस महान् अवस्थालाई प्राप्त गर्न सक्दैनौ । सङ्कीर्णता, अहङ्कारले मानिसलाई डुबाउँछ । अधीनता र पूर्ण समर्पणबाट नै व्यक्ति संसार सागरबाट तर्न सक्छ महान् बन्न सक्छ। 

यसरी नै अहङ्कारमा रुमलिएका विश्वामित्रमा जब प्रायश्चितको भाव आयो, उनी अहङ्कार हीन भए। त्यस्तो परिवर्तन देखेर वशिष्ठजीले ब्रम्हर्षी भन्दै विश्वामित्रलाई अँगालो हाले । भन्नुको अभिप्राय व्यक्ति जबसम्म अहङ्कार हीन हुँदैन तबसम्म त्यस महान् अवस्थालाई प्राप्त गर्न सक्दैन। त्यसैले अहङ्कारलाई समाप्त गर्न जीवनमा अति आवश्यक छ ।

भगवान् श्रीकृष्ण जब बाल्यकालमा लीला गर्नुहुन्थ्यो तब एक लीला उहाँलाई निकै प्रिय लाग्थ्यो । गोपिनीहरूको दहिले भरिएको मट्का फोड्न श्रीकृष्णलाई प्रिय लाग्थ्यो। तर यो खेल मात्र थिएन सन्देश पनि थियो । गोपिनीहरूको अभिमान तोड्नु पनि थियो ।

त्यसो त व्यक्तिसँग जे धन हुन्छ, कमाइ हुन्छ त्यसमाथि उसको निकै अहङ्कार हुन्छ । गोपिनीहरू पनि निकै गर्वसँग हाम्रो गोकुलको दूध दही सबैभन्दा उत्तम रहेको बताउँथे। पैसा आर्जन गर्न घरमा कम खाएर सबै बेच्ने गर्थे ।

भगवान् श्रीकृष्ण दूध दहीबाट भरिएको ती माटोको भाँडो फोड्नुहुन्थ्यो जसको आध्यात्मिक अभिप्राय गोपिनीहरूको अभिमानलाई तोड्नुसँग थियो, व्यक्तिलाई पतन उन्मुख गराउने त्यस अहङ्कारलाई समाप्त गर्नुसँग थियो।



नयाँ