arrow

शाही यूवा शक्तिको आव्हान ‘अबको निकास, निर्मल निवास’

जनतासँग सम्बन्ध निकट बनाउन ज्ञानेन्द्रको भब्य जन्मोत्सव मनाउने

logo
प्रकाशित २०७३ असार २० सोमबार
royal.jpg.jpeg
काठमाडौ। राजसस्था र जनतावीचको सम्बन्ध सुमधुर बनाउने भन्दै शाही युवा शक्ति, नेपालले आगामि असार २३ गते पूर्व राजा ज्ञानेन्द्र शाहको ७० औ जन्मोत्सव भब्य रुपमा मनाउने भएको छ ।  सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर सो सस्थाले परम्परा, धर्म, सस्कृति, आचार, सामाजिक सद्भाव र राष्ट्रियताको संरक्षण राजाबाट मात्रै हुने भएकोले आफूहरुले राजसस्था र जनताको विचको सम्बन्ध अझै घनिष्ट बनाउन जनस्तरबाटै भब्यरुपमा पूर्व राजा ज्ञानेन्द्रको ७० औ जन्मदिवस मनाउन लागेको जानकारी दिईयो । 
 
पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष पशुपति पशुपति खड्काले राजा र जनता मिलेर देश बचाउनु पर्ने अवस्था आएको भन्दै अबको निकास निर्मल निवास मात्रै भएको ठोकुवा गरे ।  उनले राजसस्था अन्त्य गरिदा मुलुक दिनप्रतिदिन संकटको भूमरीमा फस्दै गएकोले भन्दै राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसस्था स्थापना नगरिएसम्म समस्याको समाधान हुन नसक्ने ठोकुवा गरे । 
 
उनले त्यसैकारण आफूहरुले राजा र जनतावीचको सम्बन्धलाई सुमधुर बनाउन जनस्तरबाटै जन्मोत्सव मनाउने तयारी गरेको बताए । संगठनले आगामि असार २३ गते महाराजगञ्ज प्रहरी चौकी अगाडि विहान ११ बजे भेला भई जनताको सहभागितामा भब्य रुपमा जन्मोत्सव कार्यक्रम मनाउने कार्यक्रम तय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ