arrow

इस्तानबुल आक्रमणमा १३ जना आरोपित

logo
प्रकाशित २०७३ असार २० सोमबार
istambul.jpg.jpeg
इस्तानबुल । टर्कीको राजधानी इस्तानबुलमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आक्रमणमा १३ व्यक्तिको संलग्नता रहेको प्रहरी आइतबार ठहर गरेको छ । आरोपितहरुमा १० जना टर्कीज नागरिकहरु नै रहेका जनाइएको छ । सदिग्ध आरोपितहरु प्रहरीको हिरासतमा रहेका बताइएको छ । 
 
प्रहरीले यस आक्रमणको अनुसन्धान सुरु गरेदेखि हालसम्म २९ जना व्यक्तिलाई पक्राउ गरिसकेको बताइएको छ । एक हप्ता अगाडि भएको यस आतङ्ककारी हमलामा १९ जना विदेशीहरुसहित ४५ जनाको ज्यान गएको थियो । स्तानबुलको अतातुर्क विमानस्थलमा सो विस्फोट गराइएको थियो । यस आक्रमणमा घाइते भएकामध्ये अझ पनि ४९ व्यक्ति उपचारार्थ अस्पतालमा रहेका छन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ