arrow

विगतमा सरकारमा गएर गल्ती भयो, अब यस्तो हुँदैन् : कमल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
kamal-thapa-new.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतमा पटक-पटक सरकारमा गएर आफूहरुले गल्ती गरेकाले अब त्यस्तो गल्ती नगर्ने बताएका छन् ।

सामाजिक संजालमार्फत उनले आफूहरु सरकारमा गएको मतदाताले नरुचाएको उल्लेख गरेका छन् । ‘‘पटक-पटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्यूत्पादक भयो, गल्ति भयो । अब गल्ति दोहोरिने छैन ।’

त्यस्तै उनले राजसंस्था र  हिन्दुराष्ट्रको एजेन्डा नछाड्ने पनि बताएका छन् । थापाले केही दिनदेखिको अबिरल बर्षाको कारण सिन्धुपाल्चोक लगायत देशका बिभिन्न भागहरुमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितहरुको उद्दार र राहतका निम्ति सरकारले तत्काल युद्धस्तरमा काम गर्न आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ