arrow

' अर्घाखाँची सिमेन्टको बारेमा सबैलाई थाहा छ, केहि बोल्नै पर्दैन '

logo
प्रकाशित २०७३ असार २० सोमबार
arghakhanchi-cement.jpg.jpeg
काठमाडौं। अर्घाखाँची सिमेन्टले नयाँ क्याम्पेन शुरु गरेको छ। सिमेन्टका ब्राण्ड एम्बेसडर तथा प्रसिद्ध नेपाली कलाकार सुनिल थापाले " अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त केही बोल्नै पर्दैन " भनेर नयाँ क्याम्पेनको शुरुवात गरेका हुन्।
 
निर्माणमा गुणस्तरहिन सिमेन्ट प्रयोग नगरौं भन्ने उद्देश्यले चलाइएको जानकारी मुलक योजना “मूर्खता नगरौं, सहि सिमेन्ट नै रोजौं” पश्चात “अर्घाखाँचीको बारेमा त सबैलाइ थाहा छ” भन्ने क्याम्पेन को शुरुवात गरिएको कम्पनीले जनाएको हो।  
 
सम्पूर्ण उपभोक्ता, ठेकेदार, ईन्जीनीयर तथा घरनिर्माणमा सहयोगीको भुमीकामा काम गर्ने सबैले अर्घाखाँची ओ.पि.सि. सिमेन्ट प्रयोग गरी ढुक्क भएकोले यसको बारेमा सबैलाई थाहा भएको कम्पनिको भनाई छ ।
 
अर्घाखाँची ओ.पी.सी.सिमेन्टले हाल नेपाली बजारमा उपलब्ध भएका ओ पी सी सिमेन्ट मध्ये सबैभन्दा गुणस्तरीय सिमेन्ट भएको दाबि गरेको छ। आफ्ना उपभोक्ताहरुलाई सहि सिमेन्ट रोज्न र सुरक्षित भविष्यका लागि ध्यान दिन कम्पनीले नयाँ क्याम्पेन शुरु गरेको अवसरमा सबैलाई सचेत पनि गराएको छ।
 
अर्घाखाँची ओ.पी.सी सिमेन्ट, आफ्नो उत्पादन सुरु गरेको डेढ वर्षमा नै असिमित उचाइ छुन सफल भई सम्भवतः नेपालकै ठूलो ओ.पि.सि. सिमेन्ट उत्पादक हुनुका साथै उच्चस्तरिय क्लिंकर उत्पादन गर्ने उद्योग भएको छ।
 
अत्याधुनिक जर्मनी प्रविधि, अटोरोटो प्याकेजिङ्ग सिस्टम, सहि तौल र गुणस्तरका साथै आफ्नै चुनढुङ्गा खानी भएको कुरा जानकार गराई क्लोज सर्किट प्रविधि प्रयोग गरी वातावरण मैत्री उत्पादन गर्दै आएको कुरा सबैलाई थाहा नै भएकोमा कम्पनीले नया क्याम्पेनको शुरुवात गरेको बताएको छ। 
 
घर निर्माणको कूल खर्चमध्ये करिब १० प्रतिशत खर्च मात्रै सिमेन्टमा प्रयोग हुने गर्दछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ