arrow

प्यूठानमा गएको पहिरोमा परी आठ जनाको मृत्यु

logo
प्रकाशित २०७३ असार २१ मंगलबार
py.jpg.png
खलङ्गा । प्यूठानमा गएको भिषण पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । रजवारा गाविस ३ नेटामा मंगलबार बिहान आएको पहिरोमा परी दुई परिवारका आठ जनाको निधन भएको हो । जिल्ला प्रहरी प्रमुख किशोरसिंह राठौरले बिहान आएको पहिरोले दुर्गाबहादुर मल्लको घर पुरिँदा एकै घरका पाँचजनाको मृत्यु भएको जानकारी दिए। 
 
 प्रहरीलाई घटनाबारे बिहान ५ बजेमात्रै खबर आएकाले प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको उनले बताए।  घटनास्थल सदरमुकामबाट ४ घन्टाको दूरीमा पर्दछ । 
 
यसैवीच प्युठानकै पूजा गाविस–३ मा पहिरोले नै घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। घटनाबारे विस्तृत विवरण आउन अझै नसकेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ