arrow

श्रीमतीलाई तेजाब हान्ने श्रीमान् पक्राउ

logo
प्रकाशित २०७३ असार २१ मंगलबार
राजविराज । सप्तरीको बेल्ही चपेना गाविस–७ का अमल रामले आफ्नै श्रीमतीमाथि सोमबार तेजाबले हानेर गम्भीर घाइते बनाएका छन् । ४० वर्षीय रामले आफ्नै श्रीमती वेतनीदेवी रामको अनुहारमा तेजाब छर्केर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । 
 
तेजाब प्रहारबाट गम्भीर घाइते वेतनीको उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कुन कारणले तेजाब हानेको भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ । 
 
यता तेजाब प्रहार गर्ने अमललाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । यस विषयमा अनुसन्धान भइरहेको पनि कार्कीले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ