arrow

केजरीवाललाई सकस, मुख्यसचिवसहित पाँच जना सीबीआइको फन्दामा

logo
प्रकाशित २०७३ असार २१ मंगलबार
kejariwal.jpg.jpeg
नयाँदिल्ली । भारतको नयाँ दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालका मुख्यसचिव राजेन्द्र कुमारसहित पाँच जनालाई भारतीय अनुसन्धान व्यूरो सीबीआइले पक्राउ गरेको छ । उनीहरुमाथि ५० करोडभन्दा बढी भारतीय रुपैयाँ सरकारी ठेक्कामा घुस लिएको भ्रष्टाचार आरोप सीबीआइले लगाएको छ । 
 
गिरफ्तार भएकाहरुमा केजरीवालका सुरक्षा सचिव तरुण शर्माै तथा एक निजी कम्पनीका निर्देशक संदीप कुमार, दिनेश कुमार र एक अन्य अशोक कुमार हुन् । पाँचै जनालाई सीबीआइले आफ्नो मूख्यालयमा बोलाए पनि नआएपछि पक्राउ गरेको हो । 
 
सीबीआइका प्रवक्ता आरके गौडले यिनीहरुलाई आज मंगलबार अदालतमा पेश गरिने बताएका छन् । सीबीआइका अनुसार राजेन्द्र कुमारले बाँकी चार जनासंग मिलेर एन्डेबर नामक कम्पनीलाई फाइदा पु¥याएका थिए । स्रोतका अनुसार कार्वाहीका लागि सीबीआइलाई ठोस सबुत मिलेको छ । 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लागेका केजरीवाल भ्रष्टाचार विरोधी अभियानमा छन् । तर आफ्नैले धोका दिएका हुन् भने केजरीवालको पनि पर्दाफास हुने निश्चित छ । एजेन्सी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ