arrow

मेस्सीको आँखामा आँसु देख्दा दुख लाग्छ: रोनाल्डो

मेस्सी जस्तै रोनाल्डोले पनि कुनै अन्तराष्ट्रीय प्रतियोगिता जितेका छैनन्।

logo
प्रकाशित २०७३ असार २१ मंगलबार
ronaldo.jpg.jpeg
एजेन्सी। पोर्चुगलका सुपर स्टार तथा रियल मड्रिडका फरवार्ड क्रिश्चियानो रोनाल्डोले मेस्सीको आँखामा आशु देख्दा आफुलाई दुख लागेको बताएका छन्। विश्वका शीर्ष दुई खेलाडीमा पर्ने  दुई खेलाडी बिच सधै को उत्कृष्ट भन्ने कुरा दाज्जिँने गर्दछ। 
 
मेस्सीको संन्यासको बारेमा रोनाल्डोले पहिलो पटक बोल्दै उनले भने "  कुनै एक पेनाल्टीले कुनै पनि खेलाडीलाई नराम्रो  बनाउदैन। उनको आँखाबाट  जुन पिडादायी हारमा आसु झरेको थियो त्यो देखेर दुख लाग्छ , मलाई विश्वास छ उनि आफ्नो टोलीमा चाडै फर्किने छन् उनको देशलाई उनको आवश्यक्ता रहेको छ। "  
 
पोर्चुगल युरो २०१६को सेमीफाईनलमा वेल्ससँग भिड्ने तयारीमा रहेको बेला क्रिष्टियानो रोनाल्डोको यस्तो अभिव्यक्ती आएको हो। अर्जेन्टिनाको पत्रिकालाई उदृत गर्दै मेस्सीले अर्जेन्टिनी टोलीमा फर्के समाचार पनि आईरहेको बेला रोनाल्डोको यो अभिव्यक्तीले मेस्सीलाई निर्णय लिन बल पुग्ने देखिन्छ। 
 
'मेस्सीले साह्रै गाह्रो निर्णय लिएका हुन्। उनी हार्नकालागि उती अभ्यस्त छैनन् र एउटा पेनाल्टीले कसैलाई नराम्रो खेलाडी बनाउँदैन'। रोनाल्डोले थपेका छन्  मेस्सी जस्तै रोनाल्डोले पनि कुनै अन्तराष्ट्रिय प्रतियोगिता जितेका छैनन्। 
 
अमेरिकामा भएको कोपा अमेरिकाको  ४६ औ संस्करणको फाइनल खेलमा उनको टोली   चिल्ली सँग ट्राईब्रेकरमा  पराजित हुन पुग्यो। उक्त ट्राईब्रेकरमा मेस्सीको पेनाल्टी असफल भएको थियो।  १ वर्षको अन्तरमा लगातार कोपा अमेरिकाको २  पटकको फाइनलमा चिल्लीसँग ट्राईब्रेकरमा पराजित हुन पुगेको अर्जेन्टिना  पछिल्लो २  वर्षमा ३ पटक फाइनल खेलमा पराजित हुन पुगेको थियो। 
 
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनलमा जर्मनीसँग  पराजित भएको उ सन् १०१५ तथा २०१६ को कोपा अमेरिकाको फाइनलमा चिल्लीसँग ट्राइब्रेकरमा पराजित हुन पुगेको थियो। 
 
यो पटकको फाइनलमा पनि  आफ्नो टोली  पराजित हुन पुगेपछि अर्जेन्टाइन कप्तान तथा बार्सिलोनाको फरवार्ड लियोनल मेस्सी भाबुक हुदै रोएका थिए।  त्यसको केहि समय पछि आफ्नो अन्तराष्ट्रिय खेल जिवनको अन्त्य भएको घोषणा गरेका मेस्सीको बारेमा हाल विश्व फुटबलमा तहल्का मचिएको छ। उनको अप्रत्यासित रुपमा आएको अन्तराष्ट्रिय खेलबाट संन्यास फिर्ता लिन सम्पुर्ण फुटबल समर्थकको चाहना रहेको छ। 
 
२९ वर्षिय मेस्सीलाई राष्ट्रिय टिममा फर्किन अर्जेन्टिनाका राष्ट्रपति, डिएगो म्यारोडोना ,पेले, तथा सम्पुर्ण उनका  सहकर्मीले अग्रह गरिसकेका छन भने अर्जेन्टिनाका माथिल्लो डिविजनका क्लवले मेस्सी टिममा नफर्किए सम्मको लागि  माथिल्लो डिविजनका खेल नखेल्ने घोषणा गरिसकेका छन्।
 
 अर्जेन्टिनाको सिनियर टोलीका  लागि  १ सय १३ खेल खेल्दै आफ्नो देशका लागि सर्वाधिक  ५५ गोल गरेका उनले अर्जेन्टिनालाई ४ पटक फाइनल सम्म पुर्याए पनि  उनले उपाधि जिताउन भने सकेका थिएनन्।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ