arrow

जनता विकल्प खोजिरहेका छन्, त्यसको क्षमता राप्रपामा मात्र छ : कमल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
kamal-thapa_(2)1.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनता विकल्प खोजिरहेकाले त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र भएको दाबी गरेका छन् ।

स्थानीय तह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन पार्टीको महाधिवेशन यथासक्य चाँडो गर्नुपर्ने आवश्यक्ता पनि उनले औंल्याएका छन् ।

आइतबार अपरान्ह सामाजिक संजालमार्फत स्वास्थ्य सतर्कता पालना गर्दै अब महाधिवेशनको तयारीमा जुट्न पनि आव्हान गरेका छन् ।  उनले भनेका छन्, ‘नविर्सौं जनता विकल्प खोजिरहेका छन् । त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छ ।’

राप्रपाले पार्टीको बिधान तथा पार्टी एकीकरण सम्बन्धि आधारपत्र बमोजिम तीन अध्यक्षको बैठकले केन्द्रिय निर्देशन समिति र केन्द्रिय बिशेष समिति केही दिन अघि मात्र  गठन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ