arrow

माधव नेपाल गुटमै घम्साघम्सी, एक अर्का विरुद्ध भिड्ने तयारी

अर्कोतिर माधव समूहकै केहि नेता ओली समूहमा गाभिने तयारीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
nekapa-madhav-garoup.jpg

काठमाडौं । एमालेको आन्तरिक विवादमा माधव नेपाल समूहका केही नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भूषाल, गोकर्ण विष्ट र भीम आचार्यको विरुद्ध संगठित हुन थालेका छन् । पुस्पलाल मित्रता केन्द्रका नाममा जगन्नाथ खतिवडाले नेतृत्व गरेको समूह उनीहरु विरुद्ध लागेको हो ।

‘अब योगेश भट्टराईहरुसँग भिड्नु पर्ने अवस्था आएको छ यसका लागि तयारी रहनुहोला उहाँहरुले हामीलाई धोका दिदै हुनुहुन्छ’, खतिवडाले मित्रता केन्द्रको बैठकमा भनेका थिए । उनले आफू निकटका केही पत्रकाहरुलाई ग्रुपमै अब योगेशजी र भीम जीसँग भिड्नु पर्ने अवस्था आउदै छ भनेर सार्वजनिक रुपमै म्यासेज गरेका छन् ।

नेपाल समूहबाट सबैभन्दा पहिला नयाँ दल खोल्नु हुँदैन भनेर आवाज उठाउने भट्टराईका विरुद्ध नयाँ दल खोल्नुपर्छ भन्नेहरुले आन्तरिक संघर्ष गर्नु भन्दै आफ्नो समूहमा धारणा राख्न थालेका छन् । नेपाल समूहमा खतिवडा केपी ओलीसँग मिल्नु हुँदैन भन्ने समूहको नेतृत्व गरिरहेका छन् । उनको समूहमा डा.विजय पौडेल राजेन्द्र राई, यज्ञराज सुनुवार, रामकुमारी झाँक्री लगायतका नेताहरु छन् ।

एक वर्ष अघि गठन गरेको पुष्पलाल मित्रता केन्द्रलाई उनले उपयोग गर्दे देशभरी सञ्जाल विस्तार गरेका छन् । केही दिन अघि सो केन्द्रको बैठक बसेको थियो । अहिले देशभरका जिल्ला अध्यक्षहरुको भेला गरिरहेका छन् । केही दिन अघि सुरेन्द्र पाण्डे लगायतका नेताहरुले पार्टी एकतालाई जोड दिइरहेका बेला  खतिवडाको समूहले छुट्टै कार्यपत्र तयार गरेर नेपाल पक्षले आयोजना गरेको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेका थिए ।

माधव नेपाललाई कार्यकारी अधिकार नदिई कुनै पनि हालतमा मिल्न दिनु हुँदैन भन्दै खतिवडाको समूहले लविङ गरिरहेको छ । एमालेको विवाद एक हप्तामा मिलाउने भन्दै कस्सिएका दोस्रो पुस्ताका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैलाई दबाब दिएपछि खतिवडाको समूहले भने नेता नेपाललाई मिल्न नदिने तयारी गरेका हुन् । 

वरिष्ठ नेता झलनाथ खनाल थप उपचार गर्न दिल्ली जाने दिन विज्ञप्ति जारी गरी विगतका सबै कुरा बिर्सिएर पार्टी एकता गर्न आह्वान गरेपछि संस्थापन पक्षमा उत्साह देखिएपनि  माधव नेपाल भने पार्टीभित्रको आन्तरिक व्यवस्थापनमा ओलीले झेली गर्न सक्ने भन्दै एकताका लागि आनाकानी गरेपछि दुवै पक्षका युवा नेताहरुले दुवै नेतालाई दबाब दिएका थिए ।

सो वक्तब्यलाई खतिवडाले सामाजिक सञ्जालमा नक्कली भएको टिप्पणी गरेका थिए । उनले सामाजिक सञ्जालमा खनालको विचारसँग अमिल्दो वक्तब्य आएको भन्दै टिप्पणी गरेपछि उनी विरुद्ध पार्टी एकता भाड्न लागेको भन्दै आलोचना समेत गरिएको थियो । त्यसपछि उनले सामाजिक सञ्जालबाट सो टिप्पणी हटाएका थिए । तीन दिन यता खतिवडाले भीम आचार्य र योगेश भट्टराई विरुद्ध संघर्ष गर्नुपर्यो भन्दै मित्रका केन्द्रका सदस्यहरुलाई खुला रुपमै आह्वान गरिरहेका छन् ।

पछिल्लो समय अध्यक्ष ओली र नेपाल समूहका दोस्रो तहका नेताहरु औपचारिक अनौपचारिक रुपमा छलफलमा छन् । उनीहरु पार्टीलाई जोगाउन दुवै पक्ष लचक हुनुपर्ने भन्दै सहमतिको प्रयासमा छन् । अध्यक्ष ओली पार्टीलाई जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार भएपछि माधव नेपालमाथि एकताका लागि झन दबाव बढेपनि ओलीले अल्मल्याउन खोजेको भन्दै त्यसलाई अस्वीकार गरेका नेपाल पक्षका नेताहरुले ओलीको वक्तब्यमा थप स्पष्टता खोजिरहेका छन् ।

अहिले दोस्रो तहका नेताहरुले माधव नेपालको उचित व्यवस्थापनसहितको एकता र सहकार्यको माध्यम खोजिरहेपछि खतिवडा लगायतका केही नेताहरु भने मिल्न नदिने प्रयास गरेका हुन् । ओली र नेपाल दुवैमाथि आफ्ना समूहका प्रभावशाली नेताहरुले पार्टी एकताका लागि दबाव बढदै गएपछि एमाले एकताको संभावना बढेर गएको बताइएको छ । 

खासगरी नेपाल पक्षले नयाँ दल खोल्नेगरी विकल्पको बाटो हिँड्न खोजिरहेका बेला ओली निकै संकटमा छन् । पहिलो त उनको सत्ता संकटमा परेको छ । दोस्रो, पार्टी विभाजनको अपजस आफ्नै टाउकोमा आउने र तेस्रो, ओलीसँगै रहन चाहनेका लागि पनि उपयुक्त बहानाको पनि उत्तिकै खाँचो रहेको छ । त्यसैले ओली बाध्य भएर २०७५ जेठ ३ अघीको अवस्थामा आइपुगेका हुन् ।

तर पनि नेपाल समूहले त्यसलाई अस्वीकार गरेपनि एमालेको एकता कायम देख्न चाहनेका लागि भने उनी आफू हदैसम्म लचक बन्न तयार रहेको सन्देश दिन सफल भएका थिए ।

‘राष्ट्र, जनता र आन्दोलनको हितलाई केन्द्रबिन्दुमा राखेर असल मनशायले अगाडि बढ्ने हो भने हामीबीचका समस्याहरु समाधान हुन नसक्ने म कुनै कारण देख्दिन । त्यसका लागि सबैभन्दा पहिले हामी एक ठाउँमा उभिन जरुरी छ,’ उनले जेठ २३ गते जारी गरेको वक्तब्यमा भनेका छन् ।  एकताको लक्ष्य राखेर सकारात्मक र सिर्जनात्मक योगदान गर्न आवश्यक रहेको उनले औंल्याएका छन ।

एकताको पक्षमा निरन्तर पहल गर्नेहरुका भावना र सुझावलाई समेत ध्यानमा राखेर पार्टीभित्रका समस्या समाधान गर्न र पार्टी एकतालाई रक्षा एवं सुदृढ गर्न अघि सरेको उल्लेख गरेका छन । एमालेको आन्तरिक जीवनमा समस्या देखा पर्दा पार्टी पङ्ति मात्रै होइन, राजनीतिक स्थिरता र लोकतन्त्रका पक्षधर आम जनसमुदाय समेत चिन्तित भएको अवस्थामा ओलीले पार्टी मिलाउने भन्दा पनि अल्झाउने काम गरिरहेको कतिपयको गुनासो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ