arrow

तरकारी व्यवसायीको आक्रमणमा कर्मचारी र पत्रकार

logo
प्रकाशित २०७३ असार २१ मंगलबार
tarkari-bazaar.jpg.jpeg
काठमाडौँ । बल्खुस्थित तरकारी पसलको अनुगमन गर्ने क्रममा व्यवसायीले अनुगमनमा खटिएका सरकारी कर्मचारी र पत्रकारलाई आज आक्रमण गरेका छन् । अनुगमन गर्ने क्रममा उक्त तरकारी बजारमा राखिएका तरकारी जोख्ने विद्युतीय यन्त्र लामो समयदेखि जाँच नगरिएको र उपभोक्ताको हित विपरीत रहेको जनाउँदै अनुगमन टोलीले उक्त सामान जफत गर्न थालेपछि व्यवसायीले आफूसँग जे सामान उपलब्ध छ उक्त सामग्रीले अनुगमनकर्तामाथि प्रहार गरे ।
 
तरकारी बजारमा रहेको झन्डै दुई सय यन्त्र अधिकांश उपभोक्ताको हित विपरीत रहेको अनुगमनका क्रममा पाइएको छ । घटनामा चोटपटक कसैलाई नलागे पनि समाधान प्रहरीले नै गरेको थियो । आक्रमणपछि बल्खु तरकारी बजार व्यवस्थापन समिति र अनुगमन समितिका संयोजक रामचन्द्र काफ्लेलगायत टोलीबीच वार्ता गरी आज नै नियम विपरीतका सबै यन्त्र सिलबन्दी गर्ने र तीन दिनभित्र नापतौल विभागमा लैजानुपर्ने सहमति भएको छ ।
 
आक्रमण गर्ने सबैले पछि पत्रकार र सरकारी कर्मचारीसँग माफी मागेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ