arrow

ओलीले अदालतमा हालेको मुद्दाकै कारण एमाले एकता टर्दै

ओलीसँगका पाँच घण्टा हल न चल, नेपाललाई चार घण्टा ब्रिफिङ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
kp oli-aayog.jpg

काठमाडौं । तीन वर्ष अघि दुई तिहाइ नजिक बहुमतको सरकार सञ्चालन गरेका प्रधानमन्त्री केपी शर्मा ओली दिनप्रतिदिन शक्तिहीन बन्दै गएका छन् ।

शक्तिहीन बन्दै गएका ओलीमाथि आफ्नै समूहलाई पार्टी बाहिर राखेर पार्टी विभाजन गर्न लागेको आरोप लागिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताहरुले ओलीसँग पाँच घण्टा वालुवाटामा विताएका थिए ।

सर्वोच्च अदालतले एमाले मिलाउने गरी गरेको आदेशमा समेत भ्याकेट निवेदन लिएर ओली समूह अदालत गएपछि नेपाल समूहका चार नेताहरुले ओलीसँग पाँच घण्टा विताएका हुन् । घनश्याम भूषाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्टले ओलीसँग आइतबार राती १ बजेसम्म वालुवाटारमा छलफल गरेका थिए । 

शक्तिशाली नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)विभाजन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले पनि विभाजन गर्न उद्यत रहेको भन्दै वैठकमा सहभागी नेताहरुले आफूहरु आत्मसमर्पण गर्नेगरी पार्टीमा समाहित नहुने भन्दै ओलीलाई कम्युनिष्ट पार्टी सिध्याउन लागेको आरोप लगाएर त्यहाँबाट फर्केका थिए ।

प्रधानमन्त्री पदका लागि लगभग सवै दल विभाजन गर्न हिडेका ओली आफ्नै दल विभाजन गराउन पछि नहटेको भन्दै ओलीलाई उनीहरुले इतिहासमा पार्टी विभाजनको आरोप खेप्नुपर्ने चेतावनी दिएर फर्केका छन् । एमालेलाई २०७५ जेठ २ को अबस्थामा फर्काउने सर्वोच्च अदालतको आदेशबिरुद्ध भ्याकेट दिएर ओलीले एमाले एकताको ढोका बन्द गरेकाले यस्तो चेतावनी दिएको उनीहरुमध्ये एक नेताले बताएका छन् ।

सर्वोच्च अदालतले कर्णालीका चार सांसदलाई पुर्नबहाली गर्दै ओलीले बनाएको महाधिबेशन आयोजक कमिटीलाई मान्यता दिएको थिएन । महाधिबेशन आयोजक कमिटीलाई सर्वोच्चले मान्यता नदिएपछि एमाले एक हुनेमा आम कार्यकर्तामा आश पलाएको थियो ।

तर जेठ २ मा फर्किने सर्वोच्च अदालतको आदेशबिरुद्ध भ्याकेट निवेदन दिएपछि एकताको ढोका बन्द भएको ओली समुहकै नेताहरुले बताउने गरेका छन् ।‘अदालतको आदेशले पार्टी एकताको आश पलाएको थियो तर भ्याकेटमा गएपछि एकताको ढोका बन्द भयो’, ओली समुहसँग वार्तामा रहेका एक स्थायी कमिटी सदस्यले भने ‘अदालतले हामीलाई एकताको संदेश दियो भ्याकेटमा नजाऔ भनेका थियौ तर उहाँहरुले मान्नु भएन । एमाले एकताको ढोका बन्द गर्नुभयो ।’

एमालेको आन्तरिक विवादमा  नेपाल समूहका योगेश भट्टराई, पाण्डे, भूषाल, विष्ट र आचार्यले जेठ २ मा नफर्कने हो भने पार्टी विभाजनको सम्पूर्ण जिम्मेवारी मात्र लिने होइन लोकतन्त्र मास्न खोजेको प्रतिगमन उन्मुख भएर व्यवस्थालाई नै धराशयी बनाउन खोजेको आरोप खेप्नु पर्ने भन्दै चेतावनी दिएका थिए । तर पनि ओली हलचल नभएको उनीहरुको भनाई छ । ‘उहाँलाई अलिकति पनि आत्मग्लानी छैन गल्ती गरेको भन्ने बारेमा कुनै रियालाइजन देखिएन’, भेटमा संलग्न एक नेताले भने ।

ओलीसँगको वार्तापछि सोमबार दिउसो चार नेताहरु माधव नेपाल निवासमा पुगेका थिए उनीहरुले त्यहाँपनि चार घण्टा विताए । ओलीसँग भएका सबै कुराको व्रिफिङ गरेका थिए । उनीहरुको व्रिफिङपछि माधव नेपालले साँझ अदालतमा ओली पक्षले गरेको भ्याकेटका विरुद्ध असन्तुष्टि व्यक्त गरेका छन् । कर्णाली प्रदेशका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेटमा गएकामा उनले असन्तुष्टि जनाएका हुन् ।

‘कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ’ उनले भनेका छन् ।

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिले निष्कासनको कारबाही गरेको थियो । तर सर्वोच्च अदालतले एमालेको १० औं महाधिवेशन आयोजक समितिले गरेको कारबाही वैध नहुने भन्दै सांसदहरुलाई पुनर्वहाली गरिदिएको थियो ।

उक्त आदेशविरुद्ध सोमबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए । नेता नेपालले फेसबुकमार्फत उक्त निवेदनले पार्टी एकता भंग गर्ने आरोप लगाएका हुन् । उनले आफूहरु जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको भन्दै विरोध जनाएका छन् ।

नेता नेपालले प्रधानमन्त्री ओलीमाथि सत्ता जोगाउन संविधान विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गरेको आरोप पनि लगाएका छन् । ‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ–सहजै देख्न सकिन्छ’ उनले भने । 

पछिल्लो समय अध्यक्ष ओली र नेपाल समूहका दोस्रो तहका नेताहरु औपचारिक अनौपचारिक रुपमा छलफलमा छन् । उनीहरु पार्टीलाई जोखाउन दुवै पक्ष लचक हुनुपर्ने भन्दै सहमतिको प्रयासमा छन् । अध्यक्ष ओली पार्टीलाई जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार भएपछि माधव नेपालमाथि एकताका लागि झन दबाव बढेपनि ओलीले अल्मल्याउन खोजेको भन्दै त्यसलाई अस्वीकार गरेका नेपाल पक्षका नेताहरुले ओलीको वक्तब्यमा थप स्पष्टता खोजिरहेका थिए ।

मंगलबार उनीहरुले दुवै तर्फको एकता प्रस्तावमा छलफल गर्ने र बुधबारबाट सघन छलफल गर्ने बताएका छन् । ‘एकता प्रकृया सकिएको छैन नेपालले वालुवा पेलेर तेल आउदैन भन्नुहुन्छ तर तेल निस्कन्छ भने तपाईहरु निकाल्नुस भन्नु भएको छ’, एक नेताले भने । उनका अनुसार अहिले अदालतमा भएका दुई वटै मुद्धा थाती राखेर एकता प्रकृया अघि बढाउने र अदालतले जे निर्णय गर्छ त्यही मानेर जाने सहमतिका साथ अघि बढ्ने प्रस्ताव गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ