arrow

आशालाग्दा स्थानीय विकास अधिकारी

logo
प्रकाशित २०७३ असार २१ मंगलबार
LDO-Kalikot.jpg.jpeg
कालीकोट । कालीकोट जिल्लामा कार्यालय प्रमूख विहीन तथा यहाँको बिकास निर्माणमा भ्रष्टाचार र वेथितिका समाचार शिर्षकहरु पुरानै हुन् । चालु आर्थिक बर्षको आधा भन्दा बढी समय नेतृत्वविहीन बनेको जिल्ला बिकास समितिको कार्यालय कालीकोटले आजभन्दा २ महिनामात्र स्थानीय बिकास अधिकारी पाए पछि अहिले भने केही आशा लाग्दा संकेतहरु देखिएका छन् । गत बर्ष दशै लगत्तै बाहिरिएका स्थानीय बिकास अधिकारी विभिन्न बहानामा फेरी जिल्ला फर्किएनन् । त्यस पछि बैशाखसम्म जिल्ला बिकास समिति पुरै निमित्तको भरका सञ्चालनमा रह्यो । 
 
बैशाख २० गते जिल्ला बिकास समिति कालीकोटमा हाजिर भएकास्थानी बिकास अधिकारी प्रदीपराज अधिकारी यो समयमा पनि प्रायः फुर्सदमा देखिन्छन् । ‘उपभोक्ताहरु नआए पछि प्रायः फुर्सदमै छु’ अधिकारीले भने, ‘काम सकिए पनि उपभोक्ताहरु रकम भुक्तानीका लागि आउने क्रम बढेको छ ।’ सुशासन आफ्नो पहिलो प्राथमिकता भएको बताउने स्थानीय बिकास अधिकारीले जिल्ला बिकास समितिलाई सुशासन मैत्री कार्यालय बनाउने प्रयत्नमा कसैसंगै सम्झौता नगर्ने बताए । 
 
दुई महिना कालीकोट बसाइँको क्रममा विभिन्न अनुभुती बटुलेको बताउने स्थानीय बिकास अधिकारीले कालीकोट भौगोलिक रुपमा बिकट भए पनि समृद्ध बनाउन सकिने उनको दावी छ । जिल्लाको बिकासको लागि साझा अभियान जरुरी भएको बताउने अधिकारीले सबै पक्षको साझा एजेण्डा लिएर अगाडि जान सके कालीकोटको समृद्धीको सपना साकार हुने उनले बताए । ‘विकट भए पनि कालीकोट समृद्ध छ, यहाँको हावापानीले नै पर्यटक भित्र्याउन सकिने सम्भावना छ’ उनले भने, ‘यहाँका हिमाल र चट्टानहरु पनि पर्यटकीय दृष्टिकोणले पहत्वपूर्ण छन् ।’ 
 
आफु आर्थिक बर्षको अन्त्यतिर कालीकोट आए पनि जिल्लाको बिकासका लागि योजना बनाउने उनले सुनाए । जिल्लाको बिकासका लागि सबै पक्षसंग समन्वय गरे पनि अनावश्यक दवाव आफुले कहिल्यै स्वीकार नगर्ने अधिकारीको अठोट छ । जिल्ला बिकास समितिमा देखिएका केही समस्याहरु निराकरण गरी सुशासनमैत्री जिबिस बनाउन लागि पर्ने उनको योजना छ । ‘केही समस्या छन् भन्ने कुरा सुनेको छु’ उनले भने, ‘समस्याको पहिचना गरी समाधानका लागि सफल हुनेछु भन्ने विश्वास छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ